नेप्से परिसूचक २६.८५ अंकले गिरावट «

नेप्से परिसूचक २६.८५ अंकले गिरावट

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । आइतबार नेप्से परिसूचक २६.८५ अंक घटेर १८८८.२७ बिन्दुमा झरेको छ । पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा उतारचढाव आइरहेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.०१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.९५ अंकले घटेको छ । आइतबार कारोबारमा आएका २५९ कम्पनीको ३७ लाख ५४ हजार कित्ता शेयर १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बिहीबारको तुलनामा आज नेप्से कारोबार रकम समेत घटेको छ ।

बिहीबार १ अर्ब ४१ करोडको शेयर कारोबार भएको थियो । नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक ४.७७ प्रतिशत घटेको छ । त्यस्तै, लघुवित्त ३.८४ प्रतिशत, उत्पादन तथा प्रशोधन र व्यापार २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, वित्त, बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से परिसूचक घटेपनि माया खोला हाइड्रोपावर र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, कालिञ्चोक दर्शनको शेयरमूल्य ६ प्रतिशत बढेको छ । तर यता जीवन विकास लघुवित्त, जाल्पा लघुवित्त, युनिक नेपाल लघुवित्त र महिला लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आइतबार हिमालयन डिष्टिलरी कम्पनीको ८ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्