नबिल बैंकको विद्यार्थीलक्षित वित्तीय साक्षरता कार्यक्रम

नबिल बैंकको तुर्माखाँद शाखाले विद्यार्थीहरूलाई लक्षित गरेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको बैंकका शाखा प्रबन्धक गणेशबहादुर धामीले जानकारी दिए । उनीहरूलाई बचत, लगानी खर्च व्यवस्थापन, सेयर बजार, डिजिटल बैंकिङ, पारिवारिक बजेट आदिबारे जानकारी दिइएको थियो । कार्यक्रममा ६० जना विद्यार्थी सहभागी थिए ।