नेपाल लाइफको सुनौलो भविष्य जीवन बिमा योजना

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सुनौलो भविष्य’ जीवन बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त बिमा योजनाको सार्वजनिक अनावरण गरे ।
आफू तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना गर्न नपरोस् र आफ्नो वृद्ध अवस्थासम्म पनि आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दे एकै बिमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी ल्याइएको कम्पनीको भनाइ छ ।
‘सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात’ भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बिमा योजना सार्वजनिक गरिएको हो । एउटै बिमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सकिने यो जीवन बिमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बिमा (मुनाफामा सरिक हुने) हो ।
जस्मा बीमितको प्रवेश उमेर १८ देखि ६५ वर्ष रहने तथा न्यूनतम बिमाशुल्क भुक्तानी अवधि ५ देखि अधिकतम बिमाशुल्क भुक्तानी अवधि ३५ वर्षसम्म हुनेछ । यो योजनाको न्यूनतम बिमांक रकम रू २५,००० तथा अधिकतम बिमांक रकम आयस्रोतको आधारमा निर्धारण गर्न सकिने कम्पनीले जनाएको छ ।