Logo

बीवाईडीका विद्युतीय सवारी खरिद गर्न प्रभु बैंकको कर्जा

बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारीक बिक्रेता साईमेक्स इंक प्रालिले विद्युतीय सवारीका सहज फाइनान्सिङको लागि प्रभु बैंकसँग वित्तीय सम्झौता गरेको छ । यो साझेदारीले ग्राहकलाई बीवाईडी ब्रान्डको विद्युतीय सवारी साधन खरिद गर्न सजिलो कर्जा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

विद्युतीय सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरुको माग पूरा गर्न प्रभु बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरुबाट सहज रुपमा बीवाईडी ब्राण्डका सवारी साधन खरिदका लागी सवारी साधन कर्जा उपलब्ध गराउने भएको छ । बीवाईडी विभिन्न मोडलहरुका विद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी विश्वव्यापी निर्माता हो ।

यसका विद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन् । नेपालमा विद्युतीय सवारी साधनको बढ्दो मागसँगै यस साझेदारीले दिगो तथा गतिशिल समाधानहरु अपनाउन प्रवर्द्धन गर्न मद्दत गर्ने जनाइएको छ । यस सहकार्य पश्चात प्रभु बैंकका ग्राहकले अब नेपालका कुनै पनि बीवाईडी डिलरबाट सवारी साधन खरिद गर्दा प्रभु बैंक लिमिटेडबाट सजिलै ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

साथै सो कर्जा ५ वर्ष अवधीसम्म लिन मिल्ने प्रावधान गरिएको छ । प्रभु बैंकका देशभर ३६५ शाखा, ७१ एक्सटेन्सन काउन्टर र ३०९ एटीएम नेटवर्क छन् । साईमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी बीवाईडी अट्टो (६४.९० लाख), नेपालमा सबैभन्दा लामो रेन्ज प्रदान गर्ने बीवाईडी अल न्यू इ६ (५९ लाख) मा बजारमा उपलब्ध गराउँदैछ ।

केवल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले अब भर्खरै लन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी बीवाईडी अट्टो३ १२.९८ लाख वा बीवाईडी अल न्यू इ६ ११.८० लाखमा खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्