Logo

कृषिलाई ५६ अर्बको बजेट सिलिङ

आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ५६ अर्ब रुपैयाँको बजेट सिलिङ दिएको छ । कृषिलाई ५६ अर्ब रुपैयाँ भित्र रहेर आगामी आर्थिक वर्षका लागि कार्यक्रम तर्जुमा गर्ने राष्ट्रिय योजना आयोगले सिलिङ दिएको हो ।

चालू आवमा कृषिका लागि विनियोजित बजेटकै हाराहरीमा आयोगले कृषिलाई बजेट सिलिङ दिएको छ । चालू आवका लागि कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेका थिए । मन्त्रालयका प्रवक्ता प्रवक्ता प्रकाशकुमार सन्जेलले आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्ने ३० अर्ब रुपैयाँको सिलिङ पठाएको जानकारी दिए ।

चालू आवको बजेट विनियोजन गर्दा रासायनिक मलका लागि १५ अर्ब रुपैयाँ विनियोजित गरेको थियो । उनले कृषिका कार्यक्रममा चालू आवकै कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । थप नयाँ कार्यक्रम के ल्याउन भन्ने हाल केही योजना नरहेको उनले बताए । विभागिय मन्त्री आएपछि नयाँ कार्यक्रम के ल्याउने भन्ने विषयमा छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्