सिजी मोटर्स नेटा भी एक्सचेञ्ज क्याम्प सुरू «

सिजी मोटर्स नेटा भी एक्सचेञ्ज क्याम्प सुरू

सिजी मोटर्सले बुधबारदेखि नेटा भी एक्सचेञ्ज क्याम्प सुरू गरेको छ । काठमाडौंको विशालनगर शोरुम र अन्य स्थानहरूमा उक्त एक्सचेञ्ज क्याम्प सुरू गरेको हो ।

चैत १० गतेसम्म चल्ने सो क्याम्पेन अन्तर्गत कुनै पनि ब्राण्डको पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने छ । सिजी मोटर्सले पुरानो गाडीको उपयुक्त भ्यालुएसन प्रदान गर्ने र सो अवसरमा शोरुम भ्रमण गर्ने र गाडी टेस्ट ड्राइभ गर्नेहरूलाई रिफ्रेसमेन्ट सहित आकर्षक उपहार समेत उपलब्ध गराइने बताइएको छ ।

‘स्विच टु इभी’ ट्यागलाइनका साथ ल्याइएको सो अफरबाट इलेक्ट्रिक कार चढ्न चाहने ग्राहकहरू लाभान्वित हुन सक्ने कम्पनीको भनाइ छ । नेटा भी कारमा सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटिएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको कम्पनीको भनाइ छ ।

यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै, सिजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ किलोवाटको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध छ । एक पटक फुल चार्जमा ३८० किमि नेटा भि नेपाली बजारमा उपलब्ध लोकप्रिय इलेक्ट्रिक कार हो ।

प्रतिक्रिया दिनुहोस्