नेप्से परिसूचक १८.१५ अंकले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव १५ अंकले ओरालो लागेर एक हजार नौ सय १५ दशमलव १४ मा सीमित भएको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९० अंकले ओरालो लागेर तीन सय ६१ दशमलव ०१ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ । विभिन्न कम्पनीका ४३ लाख ४० हजार दुई सय ७० कित्ता शेयर एक अर्ब ४१ करोड ३१ लाख ७२ हजार आठ सय दुई रुपैयाँमा खरिद बिक्री भएका छन् ।
आजको कारोबारमा कारोबार रकमका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । बैंकको २१ करोड ७४ लाख ६४ हजार आठ सय ६८ रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सिद्धार्थ बैंकको आठ करोड ३५ लाख ७१ हजार नौ सय ३३ रुपैयाँ, हिमालयन डिस्टिलरीको चार करोड ४५ लाख ६३ हजार चार सय ७७ रुपैयाँ, नबिल बैंकको तीन करोड ८४ लाख ६९ हजार दुई सय ३८ रुपैयाँ र शिवम् सिमेन्टको तीन करोड ७१ लाख ३९ हजार छ सय ३२ रुपैयाँ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
त्यस्तै माया खोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । एशिएन हाइड्रोपावर नौ दशमलव ९७, सिद्धार्थ बैंक आठ दशमलव ३४, बोटलर्स नेपाल तराई, पाँच दशमलव २१ र लिवर्टी इनर्जीको चार दशमलव २६ प्रतिशतले शेयर मूल्य बढेको छ । त्यस्तै, युनिक नेपाल लघुवित्त सात दशमलव ४६, सिर्जनशिल लघुवित्त छ दशमलव ८३, खप्तड लघुवित्त छ दशमलव शून्य दुई, शुभम पावर पाँच दशमलव ७४ र एनआइसी एशिया बैंकको शेयर मूल्य पाँच दशमलव १२ प्रतिशतले घटेको छ ।