२५ हजारले लिए दोस्रो किस्ता «

२५ हजारले लिए दोस्रो किस्ता

निजी आवास पुनर्निर्माणका लागि दोलखामा हालसम्म २५ हजार ८४७ ले लिए दोस्रो किस्ता लिएका छन् । भूकम्पले भत्केका निजी आवास पुनर्निर्माणमा सुस्तता आइरहेको गुनासो आइरहेको बेला दोलखामा भने झण्डै आधा लाभग्राहीले दोस्रो किस्ता अनुदान बुझेका हुन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालय दोलखा सचिवालयका अनुसार हालसम्म ५५ हजार १२० जनाले पहिलो किस्ता बुझेका छन् । पुनर्निर्माण प्राधिकरण सचिवालय दोलखाका प्रमुख सागर आचार्यका अनुसार अहिलेसम्म निजी आवास निनर्माण सम्पन्न गरी ९ हजार २५९ घरधुरीले तेस्रो किस्तासमेत लिइसकेका छन् । दोलखामा ६२ हजार लाभग्राही छन् । १० हजार गुनासोको केन्द्रमै छानबिन भइरहेको छ । जसमध्ये १५ हजारभन्दा बढीले आवास पुनर्निर्माणको भइसकेको उनले बताए । निजी आवास पुनर्निर्माणका लागि दोलाखामा करिब १९० जना प्राविधिक खटाइएको छ ।
जिल्लामा हालसम्म ५ अर्ब ६९ करोड ८५ लाख आवासनिर्माण अनुदान निकासा भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । प्रक्रियागत झण्झट र थोरै जनशक्ति भएकाले घर निर्माण पूरा भए तापनि निकासामा केही ढिला भएको सम्बन्धित निकायका अधिकारीहरूले जानकारी दिए ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख तथा पुनर्निर्माण प्राधिकरण समन्वय समितिका अध्यक्ष डबल पाण्डेले पुनर्निर्माण प्रक्रिया सरल बनाउन निर्देशन दिएको बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये निजी आवास निर्माणमा दोलखा नै सबैभन्दा अघि रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्