भष्टाचारको आरोपमा अनसन «

भष्टाचारको आरोपमा अनसन

जिल्लाका दुई नगरपालिकामा आर्थिक अनियमितता भएको आरोप लगाउँदै सम्पूर्ण सूचना उपलब्ध गराउने माग राखेर अनसन सुरु गरिएको छ । रौतहटका दुई गरुडा नगरपालिका र बृद्धावन नगरपालिकाका प्रमुखले आर्थिक अनियमितता गरेको आरोपमा मेयर पदका उमेदवार ३ दिनदेखि आमरन अनसन बसेका छन् ।

गरूडा नगरपालिकामा दिपक यादव अनसन बसेका छन् । यादवको स्वास्थ्य अवस्था कमजोर हुन थालेपछि नगर प्रमुख कन्तमणिप्रसाद जयसवालले यादवलाई अनसन तोड्न आग्रह गरेका छन् । नगरप्रमुख जयसवालले नगरबासीको चाहना अनुसार काम गर्ने प्रतिबद्धता गरेका छन् । यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुदेव झाले पनि मागे अनुसार सूचना दिने प्रतिवद्वता गर्दै अनसन तोड्न आग्रह गरेका छन् ।

आफूले मागेको १२ बुँदे सूचना नपाएसम्म अनसन नतोड्ने यादवले बताए । अर्कोतिर वृन्दावन नगरपालिकामा माग गरे अनुसारको सूचना पाउँ भन्दै रिले अनसन भएको छ । अनसनमा बस्नेहरुले नगर प्रमुख विनोद पटेल कुर्मिले थोरै समयमा धेरै भ्रष्टाचार गरेको आरोप समेत लगाएका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी र जसपाबाट विगतमा मेयर उम्मेदवार भएकाहरु र केही निर्वाचित वडा अध्यक्ष रिले अनसनमा बसेका हुन् ।

विभिन्न कर्मचारीको नाममा करिब आठ करोड रुपैयाँ पेश्की लिई भ्रष्टाचार गरेको आरोप लगाउँदै नगर प्रमुखका प्रत्यासी तथा नेपाली कांग्रेसका नेता रामस्नेही यादव, नेकपा एमालेका नेता प्रेमशंकर प्रसाद यादव, नेकप माओवादी केन्द्रका नेता रामप्रसाद पटेल, जनता समाजवादी पार्टीका नेता शेख हकिम, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पवन यादव रिले अनसनमा बसेका हुन् ।

यस्तै वडा २ का अध्यक्ष सिकिन्द्र पटेल, वडा ३ का अध्यक्ष हरिनारायण साह, वडा ४ का अध्यक्ष श्यामनन्दन प्रसाद यादव र वडा ५ का अध्यक्ष फेकन दाससहितका निर्वाचित वडा सदस्य पनि रिले अनसनमा छन् । नगर प्रमुख विनोद पटेलले चैत्र ०६ मा बोलाएको कार्यपालिका बैठकमै ४ जना वडा अध्यक्षले होहल्ला गर्न थालेपछि बैठक स्थगित गर्नु परेको थियो । बैठकस्थल वृन्दावन नगरपालिका कार्यालयबाट नगरप्रमुख पटेललाई सुरक्षित घर पु¥याउन प्रहरीले बल प्रयोग गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्