सिप्रदीको ५१ औं सर्भिस सेन्टर ग्वार्कोमा «

सिप्रदीको ५१ औं सर्भिस सेन्टर ग्वार्कोमा

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्वार्कोमा आफ्नो ५१औँ सर्भिस सेन्टर खोलेको छ । जयदेव ट्रेडिङ प्रालि सिप्रदीको ५१औँ आधिकारिक सर्भिस सेन्टर हो । सिप्रदी कम्पनीजका चिफ अफरेटिङ अफिसर (सिओओ) राजेश प्रसाद गिरी तथा जयदेव प्रालि का संचालक जयप्रकाश चौधरीको उपस्थितिमा सिप्रदी कम्पनीजका निर्देशक शम्भुप्रसाद दाहालले उक्त सर्भिस सेन्टरको उद्घाटन गरेका थिए ।
उक्त अवसरमा बोल्दै दाहालले सन् १९८२ मा स्थापना भएदेखि नै सिप्रदीले उत्कृष्ट सर्भिस सेन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्नमा प्रतिबद्ध रहँदै आएको बताए । “हाम्रो सर्भिस टिमले २४सै घण्टा सेवाप्रदान गर्छ र हामीलाई विश्वास छ कि यसले टाटा मोटर्सका उत्पादनहरू खरिद गर्ने ग्राहकहरूलाई आत्मविश्वास दिन्छ,” उनले भने ।
त्यसैगरी सिप्रदी कम्पनीजका सिओओ राजेशप्रसाद गिरीले सर्भिस सेन्टरबाट प्रदान गरिने सेवालाई ग्राहकको अधिकार भएकोबारे जोड दिँदै कुनै ग्राहकले टाटाका उत्पादनहरू किन्छ भने उसले सेवाहरू प्राप्त गर्ने अधिकार पनि सँगै प्राप्त गर्ने बताए । उनले ती सेवाहरू प्रदान गर्ने कम्पनीको दायित्व भएको र सिप्रदीले यसको सुनिश्चितता गर्ने भन्दै उनले ग्राहकहरुले सो अधिकार प्राप्त गर्ने पनि बताए । “हाम्रा सेवाहरू र ५१औँ सर्भिस सेन्टरले हाम्रो यो प्रतिबद्घता देखाउँछ,” उनले भने ।
जयदेव ट्रेडिङ प्रालिले पिकअप गाडीहरू, साना कमर्सियल भेइकलहरू र प्यानल भ्यानहरूलाई विशेष सेवाहरू प्रदान गर्नेछ । देशकै ठूलो र सबैभन्दा प्रतिष्ठितमध्येको एक ब्राण्ड सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न रहेको छ । ३७ वर्षभन्दा लामो समयदेखि यो व्यवसायमा संलग्न सिप्रदीको वार्षिक आय ३५० मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्