टाट पल्टेको एसभीबीबाट सिक्नुपर्ने पाठ

सिलिकन भ्याली बैंक (एसभीबी) लाई प्रणालीगत रूपमा महत्वपूर्ण नसोचिए पनि यसको टाट पल्टेको अवस्थाले अमेरिकी फेडरल रिजर्भ व्यवस्थित संक्रमणतर्फ गएको र एफडीआईसीको आंशिक निक्षेप बिमाको अपर्याप्तता देखिएको छ । २००८ को संकटपछि वित्तीय स्थायित्व संरचना अंगीकार गरिएको थियो र अर्को स्पष्ट सुधारको आवश्यकता देखिएको छ ।
सिलिकन भ्याली बैंक टाट पल्टेको सार्वजनिक भएपछि यसले हालको वित्तीय स्थायित्वको संरचनामा आधारभूत कमजोरी भएको जगजाहेर भएको छ । यसले सुपरिवेक्षणको स्थानीयकरण असफल भएको तर्फ पनि इंगित गरेको छ ।
प्रविधि क्षेत्रका धेरै शीर्ष, उच्च वृद्धिका कम्पनीहरूलाई धराशायी बनाएर बैंकको असफलताले निश्चित रूपमा पनि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भमा महत्वपूर्ण राजनीतिक दबाबको अवस्था सिर्जना गर्छ । तर, फेडको आपत्कालीन सप्ताहन्तको हस्तक्षेपले (उक्त समयमा फेडले अन्य बैंकहरूलाई बृहत् निक्षेप सुरक्षणमको सुनिश्चितता प्रदान गरेको थियो । उनीहरूको अमेरिकी ट्रेजरीमा रहेको ऋणपत्रको धितोको मूल्यांकनसमेत गरेको थियो ।) ऊ वित्तीय दूषित अवस्थाप्रति मनदेखि नै चासो राख्न थालेको बुझ्न सकिन्छ । हाल क्रेडिट स्वीसमा देखिएको त्रासको अवस्थाले युरोपेली बैंकिङ नियामकहरूलाई पनि समान किसिमको प्रश्न सोध्नका लागि बाध्य बनाएको छ ।
यहाँनेर स्पष्ट छ कि कहींकतै सुपरिवेक्षणमै असफलता भएको छ । एसभीबीको टाट पल्टेको अवस्था यो आगामी दिनमा हुन सक्ने बढ्दो ब्याजदरप्रति पूर्ण रूपमा एक्सपोजर भएकाले नै हो । बैंकले अमेरिकी ट्रेजरीको पोर्टफोलियोमा कोष लगानी गर्न ग्राहकको निक्षेप प्रयोग गरेको थियो । त्यसैले फेडले एक वर्षअगाडि आफ्नो मौद्रिक नीति कसिलो बनाउन थालेपछि उसले आफ्नो मूल्यांकन गर्न अस्वीकार गरेको थियो ।
समस्या कहिल्यै न त कर्जामा थियो, न त तरलताको जोखिममा थियो । समस्या त स्पष्ट रूपमा बजारको जोखिममा थियो । फेडको नियमित स्ट्रेस परीक्षणले निरीक्षकहरूलाई अँगालो हाल्यो । तर, एसभीबी यो मापदण्डको अपवादमा पर्यो र सुपरिवेक्षणबाट जोगियो । २०१८ को कानुन परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै सहभागिताको सीमा सम्पत्तिमा (थ्रेसहोल्ड) लाई ५० अर्ब डलरबाट बढाएर २ सय ५० अर्ब डलर पुर्याइएको थियो । आफू असफल हुँदाको समयमा एसभीबीको सम्पत्ति २ खर्ब ९ अर्ब डलर थियो ।
यो अन्तरले वास्तवमै वित्तीय स्थायित्व संरचनामा गहन समस्या भएको देखाएको छ । २००८ को वित्तीय संकटदेखि एटलान्टिकको दुवैतर्फका नियामकहरूले वित्तीय क्षेत्रको नियमन र सुपरिवेक्षणलाई बलियो बनाएका थिए, यो पनि फराकिलो र निरन्तरको संरचनाभित्र रहेर । दुई प्रमुख विशेषताहरू सुपरिवेक्षण शक्ति र क्षमतालाई सुधार गरेर राम्रो बनाइयो ।
यो पनि प्रणालीगत रूपमा महत्वपूर्णको पहिचान पाएका संस्थाहरू र आंशिक निक्षेप बिमा योजनामा विशेष ध्यान दिएर । जुन प्रति निक्षेपकर्ताको निश्चित परिमाणका निक्षेपलाई बढाएर सुरक्षित गर्ने किसिमबाट आएको थियो । एसभीबीलाई प्रणालीगत रूपमा महत्वपूर्ण सोचिएको थिएन । अझै पनि फेडमात्रै यो बैंक टाट पल्टेको अवस्थाबाट प्रणालीगत जोखिम ल्याउनतर्फ असाधारण आपत्कालीन हस्तक्षेपतर्फ अग्रसर हुन बाध्य भएको होइन ।
एफडीआईसीको आंशिक निक्षेप बिमा अवस्था (बैंकको समस्या समाधानको नयाँ नियमहरूका साथ) निक्षेपकर्ताहरूलाई पुनः आश्वस्त पार्नका लागि बेअसर भएको स्वीकार गरिएको थियो । यस्तो अवस्थामा यो बृहत् निक्षेप बिमाबिना केही गर्न सकिन्न । यो निष्कर्षमा तथ्यपछि पुगिएको थियो । सवाल गर्न लायकको अवस्था के छ भने हामी कहिल्यै अचानक संकटको अनुपस्थितिमा यसमा आइपुगेका छैनौं ।
२००८ पछिको अवस्थाको प्रणालीगत महत्वले अवश्य पनि लेहम्यान ब्रदर्सजस्तो नहल्लिने विशाल संस्थाहरूको कठिनाइमा पनि केही गर्न सकिन्छ भन्ने देखिन्छ । यस्तो अवस्थामा उनीहरूको विशाल समृद्धि संकटको कारण हुन सक्छ भन्ने सोचिनुपर्छ ।
समग्रमा वित्तीय संकटहरू संस्थाहरूमा सबै आकारमा सुरु हुन सक्छ । वित्तीय संकटपछि सर्वाधिक प्रगति भएको क्षेत्रमध्येको एक भनेको बैंकको समस्या समाधानका लागि थप विस्तृति र विस्फोटक नियमहरूको स्थापना हो ।
तर एसभीबीको कथाले २००८ पछिको सुधारलाई सुझाव गरेको छ । यी सुधारहरूमा पुँजीगत पर्याप्तताको आवश्यकलाई बलियो बनाउने, बैंकका समस्या समाधानका लागि नियम स्थापित गर्ने, बैंकहरूको टिक्ने इच्छालाई जगाउने आदि रहेका थिए । तर, एसभीबी टाट पल्टने अवस्थालाई यी सुधारका उपायहरू पनि पर्याप्त भएनन् । बृहत् निक्षेप बिमा यो चित्रको अंश हुनुपर्छ । त्यसैले तथ्यभन्दा पनि यस किसिमको व्यवस्थालाई स्थान दिइनु उत्तम हुनेछ ।
यहाँ के कुरामा निश्चित हुन सकिन्छ भने कर्पोरेट निक्षेपकर्ताहरूलाई रणनीतिक रूपमा महत्वपूर्ण मानिएको क्षेत्रमा सुरक्षा प्रदान गरिनुभन्दा पनि फेडको हस्तक्षेप वित्तीय प्रदूषण वा संक्रमणबाट प्राथमिक रूपमा प्रेरित भएको देखिन्छ । तर, संयुक्त अधिराज्यको शाखामा एसभीबीको सहुलियतको सन्दर्भमा उल्टो देखिने विषय साँचो हो ।
निक्षेपकर्ताहरूको उद्धारका लागि करदाताहरूको पैसा खर्चिएको भए पनि (एसभीबी यूकेलाई एचएसबीसीले एक पाउन्डमा किनेको थियो) जोकोहीले एउटा संवेदनशील क्षेत्रलाई रक्षा गर्न वा औद्योगिक नीति कार्यान्वयन गर्ने यो उत्तम उपाय हुन सक्ला भनेर सोध्न सक्छन् ।
अमेरिकाको मुद्दामा हामी अर्को श्रृंखलाको साक्षी भएका छौं, जसमा केन्द्रीय बैंकलाई वित्तीय प्रणाली रक्षा गर्नका लागि वासलात प्रयोग गर्न भनिएको छ । गत दशकका संकटको पृथक् किसिमका उद्गम थलोहरू थिए । केन्द्रीय बैंकले यसलाई समाधान गरेको विषय भने समान थिए । सबै घटनामा सरकारले बिमकको रूपमा अन्तिम निकायको प्रभावकारी भूमिका खेलेको थियो ।
यो अकाट्य हो र इच्छित पनि । किनकि यसले सर्वसाधारणलाई वित्तीय स्थायित्वको राम्रो समाधान दिएको थियो । तर, सरकारको विस्तारित भूमिकाले हामीलाई दुवै खुद्रा र कर्पोरेट निक्षेपकर्ताहरू उनीहरूको कोष केन्द्रीय बैंकमा राख्न अनुमति दिएर पनि यो बढी सक्षम होला भन्ने प्रश्न गर्न बाध्य बनाएको छ, यो पनि केन्द्रीय बैंकको डिजिटल मुद्रा जारी गरेर ।
योभन्दा पनि बृहत् रूपमा यदि अर्थतन्त्रका केही क्षेत्रहरूलाई संरक्षण गरिन्छ भने पनि कुनै मतलब छैन । तर, हामीले यसो गर्न समयअगावै उनीहरूलाई ऋणमुक्त गराउनुभन्दा पनि एक फ्रेमवर्कको स्थापना गर्नुपर्छ ।