नेप्से परिसूचक १५.७६ अंकले गिरावट «

नेप्से परिसूचक १५.७६ अंकले गिरावट

मंगलबार २२.६५ अंकले बढेको नेप्से परिसूचक बुधबार १५.७६ अंकले गिरावट आएको छ । पछिल्लो दुई सातादेखि नेप्से परिसूचकमा उतारचढाव आइरहेको छ ।

उक्त उदारचढावका बीच बुधबार नेप्से परिसूचक १५.७६ अंक घटेर १९३३.२९ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले घटेको छ । बुधबार कारोबारमा आएका २६६ कम्पनीको ३७ लाख ७७ हजार कित्ता शेयर १ अर्ब ३३ करोड ३७ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम पनि बढेको छ । मंगलवार १ अर्ब २९ करोडको शेयर कारोबार भएको थियो । बुधबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

बुधबार नेप्से घटेपनि माया खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सपोर्ट माइक्रोफाइनन्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । यता बोटलर्स नेपालको शेयरमूल्य ७.६२ प्रतिशत घटेको छ । बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्