प्रोग्रेसिभ फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम «

प्रोग्रेसिभ फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शाखा कार्यालय पोखराले वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । कक्षा ११ र १२ को विद्यार्थीलाई लक्षित गरि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको फाइनान्सले जनाएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक आर्या जोशीले डिजिटल बैंकिङको बारेमा जानकारी गराएकी थिइन् ।

शाखा प्रमुख टंक ढकालले वित्तीय साक्षरता तथा फाइनान्सका विभिन्न सेवाहरुका सम्बन्धमा जानकारी गराए । कलेजमा अध्ययनरत ५५ जना विद्यार्थी सहभागी भएको कार्यक्रमबाट बैंकिङ एवं वित्तीय क्षेत्रका विभिन्न सेवा सुविधाका बारेमा सूचना प्राप्त गरी कार्यक्रम उपलब्धिमूलक रहेको सहभागीले बताए ।

प्रतिक्रिया दिनुहोस्