आइएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा «

आइएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरेको छ ।

लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

यस्तै सर्वसाधारणलाई छुट्टाइएको सेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी प्रस्तावमा छलफल गरी पारित भएको छ ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले आव २०७९/०८० को पुस मसान्तसम्मको अपरिस्कृत विवरण अनुसार बिमाकोष २२.३१ प्रतिशतले वृद्धि भई ५ अर्ब ४७ करोड ९४ लाख पुगेको जानकारी दिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवा प्रति निरन्तर प्रतिबद्ध रहने बताए ।

प्रतिक्रिया दिनुहोस्