सिटिजन्स बैंक र निसर्ग हस्पिटलबीच सम्झौता «

सिटिजन्स बैंक र निसर्ग हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र धनगढीस्थित निसर्ग हस्पिटल एवं रिसर्च सेन्टर प्रालिबीच छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले निसर्ग हस्पिटलमा २० प्रतिशतसम्मको छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्