मुक्तिनाथ विकास बैंकसँग ह्वाइट अर्किड रिसोर्ट र सूर्यविनायक मेडिकल स्टोरबीच सम्झौता

मुक्तिनाथ विकास बैंकले सूर्यविनायकको ‘ह्वाइट अर्किड रिसोर्ट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’ सँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन उक्त सम्झौता गरेको हो ।
सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले सूर्यविनायकको वाइट अर्किड रिसोर्टमा फुड, बेभरेज एण्ड एकोभमामा विशेष १० प्रतिशत छुट पाउनेछन् । यस्तै, सूर्यविनायक मेडिकल स्टोरका विभिन्न सेवाहरूमा पनि १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकको भनाइ छ ।