माइडियाको डिलर मिटिङ तथा प्रडक्ट लञ्च

इन्जिनियर्स क्वालिटी नेपालले माइडिया ब्राण्डको डिलर मिटिङ तथा प्रडक्ट लन्च गरेको छ । डिलर मिट तथा प्रडक्ट लञ्च कार्यक्रममा आयातकर्ता कम्पनी इन्जिनियर्स क्वालिटी नेपाल तथा चिनियाँ कम्पनी माइडियाका प्रतिनिधिको पनि सहभागिता थियो ।
इन्जिनियर्स नेपालले माइडियाका इलेक्ट्रिक चिम्नी, टाइमर चुल्हो, आईओटी वाटर हिटर, आरओ फिल्टर, आईओटी डिसवासर, वाटर डिस्पेन्सरलगायत सामान आयात गरेर बिक्री गर्दै आएको छ । माइडियाका उत्पादन यही गुणस्तरको अरू कम्पनीका भन्दा करिब २० प्रतिशत सस्तो रहेको जनाइएको छ ।
उपभोक्ताले सस्तो मूल्यमा गुणस्तरीय सामान पाउनका लागि पनि माइडियाका उत्पादन एक स्मार्ट विकल्प भएको कम्पनीले जनाएको छ । “कम्पनीले नेपालमा बिक्रीपछिको सेवालाई पनि उच्च प्राथमिकतामा राखेको छ । माइडियाका ३ देखि १० वर्षसम्मको वारेन्टी छ । स्पेयर्स पार्ट्समा कम मूल्य राखेर थप सुविधा प्रदान गर्ने प्रयास कम्पनीले गरेको छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।