आइएमई पेको नयाँ अफर सार्वजनिक

आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पेले ‘५ को ५’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।
चैत्र १ देखि १५ गतेसम्म लागू यस अफरमा ग्राहकले विभिन्न माध्यम, जस्तै लिंक गरेको बैंकको खाताबाट, एम–बैंकिङ वा इ–बैंकिङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिटेन्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तीमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताले सामसङ ग्यालेक्सी बड्स २ जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।
यसका साथै, हरेक दिन कम्तीमा १ पटक सोही माध्यमबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले एक हजार रुपैयाँ जित्ने मौका पनि पाउनेछन् । सो रकम विजेताको वालेटमा लोड हुनेछ । यो अफर ग्राहकलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात् लोड मनी गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ गरिएको कम्पनीको भनाइ छ ।