सहकारीको नियमित अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन «

सहकारीको नियमित अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्रीले पुष्पकमल दाहालले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नियमित अनुगमन र सहजीकरण गर्न राष्ट्रिय सहकारी विकास बोर्डलाई निर्देशन दिएका छन् । आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डको बैठकलाई प्रधानमन्त्री दाहालले बोर्डलाई निर्देशन दिएका हुन् ।

उनले सहकारीलगायत वित्तीय संस्थामा देखिएका समस्या सम्बोधनका लागि छिट्टै बृहत समीक्षा बैठक बोलाउने तयारी भइरहेको समेत जानकारी दिए । प्रधानमन्त्री दाहालले बैंक, सहकारी र लघुवित्त वित्तीय संस्थामा देखिएका समस्याहरूको प्याकेजमा सम्बोधन गर्न बृहत् समीक्षा बैठक बोलाउने तयारी भइरहेको बताए ।

“कुनै समयमा लघुवित्तले निकै राम्रो काम गरेका थिए । मुख्यतः ग्रामीण बस्तीमा सहज र सरल कर्जा प्रवाह गरेको थियो । तर, अहिले जनताले लघुवित्त प्रति कैयौं प्रश्नहरू उठाएका छन्” उनले भने, “सहकारीहरूमा पनि समस्या देखिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूको समीक्षा आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्