दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल जित्ने माैका «

दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल जित्ने माैका

ग्लोबल आइएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ ।

योजनाअन्र्तगत बैंकका ग्राहकहरुले भिजा डेबिटरक्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैँया खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन् । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत ५ देखि ११ गते (तदनुसार मार्च १९ देखि २५) सम्म ७ दिनका लागि मान्य रहनेछ ।

यस योजनाको अन्त्यमा, बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजमा अनलाइनमार्फत १ रुपैयाँ खर्च गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ । छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्