टेम्पल ट्री १३औं वर्षमा «

टेम्पल ट्री १३औं वर्षमा

पर्यटन व्यवसाय आफैमा संवेदनशील पेसा हो । पोखराका करिब चार सय पर्यटकीय होटलको भीडमा फरक स्थान बनाएको छ होटल टेम्पल ट्री रिसोर्ट एण्ड स्पाः ले । पोखरा क्षेत्रका केही होटल भूकम्प, कोडिभ–१९, पछिल्लो क्रममा आर्थिक मन्दिका कारण कर्मचारी कटौतीदेखि होटल नै बिक्री हुन थालेको अवस्थामा टेम्पल ट्रीले भने जेनतेन आफ्ना कर्मचारीलाई दिँदै आएको सेवा सुविधामा कुनै कन्जुस्याइँ नगरी एक सय कर्मचारीलाई रोजगार दिँदै आएको छ ।

नेपाली कला संस्कृति झल्कने र गुणस्तरीय सेवाका कारण आफ्नो रिसोर्टमा पर्यटक आक्रर्षण भएकाल आफ्नो रिसोर्टमा एक वर्षमा चार पटकसम्म आन्तरिक पर्यटक आउने गरेको उक्त रिसोर्ट सञ्चालन समितिका अध्यक्ष वसन्त गौतमले बताए । आफूहरूसँग एकता, दक्ष तथा अनुभवी कर्मचारी भएकाले देशको जस्तोसुकै परिस्थितिमा पनि कर्मचारी कटौतीदेखि कर्मचारी निकाल्ने कुनै प्रयास नगरेको उनले जनाए ।

१२ वर्षअघि ५० शैयाबाट सुरु भएको रिसोर्टमा हाल ६८ रुम रहेका छन् । सन् १९९० बाट रेष्टुरेण्ट क्याफे कन्सटोबाट पर्यटन क्षेत्रमा होमिएका गौतम मोनीका गौतमको साथमा रिसोर्ट स्थापना गरेका हुन् । तेस्रो मुलुक युरोप अमेरीकाका पर्यटक लक्षित गरी स्थापना गरिएको उक्त रिसोर्टमा पछिल्लो समयमा भने नेपालीदेखि भारतीय पर्यटकको समेत पहिलो रोजाइमा पर्न सफल भएको गौतम बताउँछन् ।

लेकसाइडको बीच भागमा पर्ने उक्त रिसोर्टबाट एक मिनेटमै मुख्य सडकमा जान सकिने तर रिसोर्टमा प्रवेश गरेसँगै कुनै गाउँ एकान्त कुनामा पुगेको भान दिने गरी आकर्षक र कलात्मक उक्त रिसोर्टमा पुगेपछि समय बिताउन कुनै समस्या हुदैन । करिब १२ रोपनी जमिनमा फैलिएको रिसोर्टमा स्विमिङपुल, हेल्थ क्लब, स्पाः, रेष्टुरेण्ट, बार, सुन्दर बगैंचालगायतका सुविधाले जो कोहीलाई आकर्षण गर्नेगर्छ । १२औं वर्ष पूरा गरी १३ वर्ष प्रशेष गरेको उक्त रिसोर्टले आगन्तुक पाहुनालाई गुणस्तरीय र नयाँपन दिन लागि रहेको अध्यक्ष गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्