लगानी बोर्डका सूचीकृत आयोजनामा प्रधानमन्त्रीको चासो «

लगानी बोर्डका सूचीकृत आयोजनामा प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री पुष्पकमल दाहालले लगानी बोर्डमा सूचीकृत आयोजनामा चासो देखाएका छन् । प्रधानमन्त्री दाहालले लगानी बोर्डबाट सहजीकरण भइरहेका सार्वजनिक निजी साझेदारी तथा निजी लगानीका परियोजनाको प्रगति तथा सम्पादित कार्यहरूको सम्बन्धमा जानकारी लिएको बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले परियोजनाका विकासकर्तासँग भेटघाट र अन्तक्र्रिया समेत गरेका छन् । सो क्रममा नेपालका विभिन्न ठूला आयोजनामा लगानी गर्ने ठूला लगानी र विकासकर्ताका प्रतिनिधिहरुसँग लगानी बोर्ड जोडिएका आयोजना निर्माण, आगामी कार्यदिशा र समस्याको विषयमा छलफल भएको बोर्डका कार्यकारी अधिकृत सुशिल भट्टले बताए ।

उनले लगानी बोर्डसँग विभिन्न निर्माण चरण भएका परियोजना र करिव ३ खर्ब रुपैयाँ बराबरका आयोजनाका विकास कर्ताका प्रतिनिधि र अध्यनन चरणमा रहेका आयोजना विकासकर्ताका प्रतिनिधिसँग छलफल गरेको जानकारी दिए । बोर्डले स्वीकृतको लागि पाइपलाइनमा रहेका ठूला जलविद्युत आयोजना नतिजामुखी कार्यान्यन ढाँचामा आवद्ध भइसकेको भट्टको भनाइ छ ।

९०० मेगावट क्षमताको अरुण ३,६७० मेगावाट क्षमताको तल्लो अरुण, ३७० मेगावटको अधजलाशययुक्त अपर मस्र्याङ्दी र अन्य औधोगिक पूर्वाधारहरु आयोजनाहरु पाइपलाइनमा रहेको भन्दै उनले यी आयोजनालाई बोर्डले प्राथमिकता दिएर नतिजा उन्मुख काम गर्ने बताए । प्रधानमन्त्री दाहालले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने बताए ।

प्रतिक्रिया दिनुहोस्