‘आर्थिक स्थायीत्वका लागि स्थिर ब्याजदर’ «

‘आर्थिक स्थायीत्वका लागि स्थिर ब्याजदर’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउने हो भने एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका छन् । हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको अध्यक्ष मल्लले बताए ।

तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारणसभालाई शनिबार सम्बोधन गर्दै अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पनि एकल अंकको ब्याजदर आवश्यक रहेको बताए । आर्थिक स्थायित्व र व्यावसायिक वातावरण निर्माणका लागि ब्याजदरमा लकअप प्रणाली लागु गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै अध्यक्ष मल्लले लकअप प्रणालीमा जानुपर्नेमा जोड दिए । उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषिलगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने अध्यक्ष मल्लको भनाइ छ ।

अर्थतन्त्रको वर्तमान अवस्थालाई सुधार गर्न सरकार निजी क्षेत्र मिलेर हातेमालो गर्नुपर्ने अध्यक्ष मल्लले बताए । “अन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमकै अवस्थामा छ । रोजगारी सिर्जना हुन सकेको छैन” उनले भने, “उत्पादन हुन नसक्दा कृषिजन्य बस्तुहरु समेत आयत गर्नु पर्ने अवस्था आउनु विडम्बना भएको छ, ।”

ब्याजदर एकल अंकमा आउन सक्यो भने अर्थतन्त्र पुन चलायमान हुने उनको भनाइ छ । अध्यक्ष मल्लले स्थानीय तहमा कृषि उत्पादन वृद्धि हुने गरी समन्वय गर्न जिल्ला चेम्बरलाई अध्यक्ष मल्लले आग्रह गरे । स्थानीय तहमा उत्पादित वस्तुको बजारीकरणका लागि जिल्ला चेम्बरले समन्वयन गर्न सक्नेमा अध्यक्ष मल्लले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्