वात्स्यायनलाई नागरिक अभिनन्दन

कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लाई पोखराका करिब तीन दर्जन संघसंस्थाले शनिबार रथारोहण तथा अभिनन्दन गरेका छन् । ८०औं जन्मदिनका अवसरमा ६ दशकभन्दा बढी नेपाली कला क्षेत्रमा समर्पित बराललाई अभिनन्दन गर्दै पोखराका साहित्यिक, सांस्कृतिक, सामाजिक संघसंस्थाले स्रस्टा जीवितै रहँदा सम्मान गर्ने परम्परा बसालेका छन् ।
पञ्चायती व्यवस्थाविरुद्धदेखि प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि बरालले प्रस्तुत गर्ने चोटिलो व्यंग्य कलाले पनि योगदान पुर्याएको साहित्यकार सरुभक्तले बताए । ‘पानी रङको विद्यालय’का रूपमा पोखरालाई चिनाउने नेतृत्वकर्ता बरालको अभिनन्दनमा सयौं कलाकार, साहित्यकार र पोखरेलीको उपस्थिति थियो ।