कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू «

कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको ‘सेण्ड मनी अन्लाइन एण्ड विन बिग’ क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझदारी भएको छ ।

विन बिग क्याम्पियनमा सम्पूर्ण सेवाग्राही युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टलमार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आईफोन १४ प्रो, ५ जना विजेताले सामसङ ग्यालेकसी एस२२ अल्ट्रा साथै ३० जना सेवाग्राहीले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन् ।

सोही क्याम्पेनको अवधि १५ मार्च २०२३ देखि १५ मे २०२३ सम्म जम्मा ६२ दिनका लागि लागू हुने कम्पनीले जनाएको छ । उक्त क्याम्पेन सँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा ५० सम्मको बोनस सुविधा यथावत नै रहनेछ । अनलाइन च्यानलको प्रवद्र्धनका लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्