‘शिवम् सिमेन्टद्वारा विजेता घोषणा

शिवम् सिमेन्टले सञ्चालनमा ल्याएको ‘शिवम्सँग उपहार टन्न’ योजनाअन्तर्गत प्रथम भएर कृष्ण मानन्धर र चन्चल चौधरीले जनही पाँच/पाँच तोला सुन प्राप्त गरेका छन् । बढी सिमेन्ट खरिद गरी चिठ्ठा प्राप्त गरेका ग्राहकलाई शिवम्ले उपहार वितरण गरेको हो ।
काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा लक्की ड्रमार्फत विजेता छनोट गरिएको हो । लक्कीड्रमार्फत् चार जनालाई तीन तोला सुन, ६ जनालाई दुई तोला सुन, आठ जनालाई एक तोला र १० जनालाई आधा तोला सुन दिइएको हो । यो उपहार योजना गत मंसिर १८ गतेदेखि देशभर लागु गरिएको थियो । यसअघि पनि शिवम्ले विभिन्न उपहार योजनासम्बन्धी कार्यक्रम सम्पन्न गरिसकेको छ ।