निसान गाडी किन्न एभरेष्ट बैंकले कर्जा दिने

निसानको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले बिक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियरबीच भएको सम्झौताअनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।
दुई संस्थाबीच भएको सम्झौतापत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड हरिशकुमार आचार्य र पायोनियर मोटोकका तर्फबाट सह–महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि निसानले उत्पादन गरेका गाडी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ ।
यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकलाई सुलभ र सहज वित्तीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । समझौता अनुसार योजना बैंकका सबै शाखाहरूबाट ग्राहकले ऋण सुविधा सहजै पाउने छन् ।