मोहनराज हल्वाई स्मृति टी १० इन्डोर क्रिकेट प्रतियोगिता हुने

स्व.मोहनराज हल्वाई स्मृति टी १० इन्डोर क्रिकेट प्रतियोगिता २०७९ हुने भएको छ । केके क्रिकेट क्लबले आयोजना गर्ने टी १० इन्डोर क्रिकेट प्रतियोगिता गोल्फुटारस्थित रोयल इण्डोर्समा खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार ४० हजार तथा द्वितीय पुरस्कार २० हजारका साथै मेडल तथा ट्रफी प्रदान गरिने छ । प्रतियोगिता भरको प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट ब्याटर, बेस्ट बलर तथा हरेक म्याचमा प्लेयर अफ द म्याच चुनिने छ ।
चैत ३ गतेदेखि लिग चरण्मा खेलाइने टी १० इन्डोर क्रिकेट प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेल चैत ७ गने हुने बताइएको छ । दस ओभरको यस प्रतियोगितामा आठ टिम सहभागी हुनेछन् भने१५ वटा खेलहरु खेलाइने छ ।