डिप्रोक्स लघुवित्तको लाभांश पारित

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष दिपक खनालले सञ्चालक समितिको तर्पmबाट आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्दै सो प्रतिवेदन उपर सेयरधनीहरुले राखेका राय सुझाव तथा जिज्ञासाको जवाफ दिएका थिए । संस्थाले आ.व २०७८/०७९ मा ८० करोड ९२ लाख १४ हजार सञ्चालन मुनाफासहितबाट सेयरधनीलाई ११.०५२६३२ प्रतिशत नगद लाभाशं (करसहित) र १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।
सभाले आ.व. २०७९/०८० को लेखापरीक्षकको नियुक्ति गर्ने, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आदान प्रदानअनुपात १ः१ कायम गर्ने, अन्तिम समझदारी गर्ने, प्राप्ति (एक्विजिशन) पश्चात् प्रबन्धपत्र र नियमावली संशोधन तथा सेयर संरचना परिवर्तन गर्नेलगायत प्राप्ति (एक्विजिशन) प्रक्रियासँग सम्बन्धित सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस सेयर वितरण पश्चात संस्थाको चुक्ता पुँजी १ अर्ब ५२ करोड ६२ लाख पुगेको छ । लुम्बिनी विकास बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड,नेपाल बैंक लिमिटेड, डिप्रोक्स नेपाल र बैंक तथा वित्तीय क्षेत्रका विशेषज्ञहरुको प्रत्यक्ष लगानी र वित्तीय सेवामार्फत महिला सशक्तिकरणसहित गरिवी न्युनिकरणको मुख्य उद्देश्य लिएर स्थापित संस्थाले हाल देशको ७१ जिल्लामा १४९शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । चालु आवको दोश्रो त्रैमाससम्ममा संस्थाले ग्रामीण क्षेत्रका करिव २ लाख ४५ हजार सदस्यलाई १८ अर्ब ३४ करोड कर्जालगानी गरेको जनाएको छ ।