नेप्से परिसूचक गिरावट «

नेप्से परिसूचक गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलव ३२ अंकले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलव ३१ मा सीमित भएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५१ अंकले ओरालो लागेर तीन सय ६४ दशमलव ७८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा भने ओरालो लागेको छ ।

विभिन्न कम्पनीका कूल ३४ लाख दुई हजार दुई सय ६७ कित्ता शेयर एक अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँमा खरिद बिक्री भएका छन् । कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ९३ अर्ब ४१ करोड ८७ लाख ६२ हजार दुई सय ७८ रुपैयाँ पुगेको छ । कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको चार करोड ९४ लाख ९२ हजार छ सय १९ रुपैयाँ बराबरको कारोबार भयो ।

नविल बैंक तीन करोड ९६ लाख ८३ हजार सात सय ३१ रुपैयाँ, हिमालयन डिस्टिलरी तीन करोड ८३ लाख दुई हजार पाँच सय ८५ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स तीन करोड ३० लाख तीन हजार आठ सय ६१ रुपैयाँ र सिद्धार्थ बैंकको संस्थापक शेयर दुई करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भइ शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

यस्तै युनिक नेपाल लघुवित्त, शुभम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी चार दशमलव ९८,किसान लघुवित्त चार दशमलव ९३ र विन नेपाल लघुवित्तका लगानीकर्ताले चार दशमलव २५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

त्यस्तै, लक्ष्मी लघुवित्त पाँच दशमलव ७६, नयाँ सारथी लघुवित्त चार दशमलव ८०, प्रभु लाइफ इन्स्योरेन्स चार दशमलव ७४, ग्रीन डेभलपमेन्ट बैंक चार दशमलव ६८ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले चार दशमलव २० प्रतिशतले शेयर मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्