सामाजिक सुरक्षाको योगदान रकम साढे ३० अर्ब «

सामाजिक सुरक्षाको योगदान रकम साढे ३० अर्ब

४ वर्षअघि सुरु भएको योजनामा आधारित सामाजिक सुरक्षा योजनामा साढे ३० अर्ब भन्दा बढी योगदान रकम संकलन भएको छ । आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म योजनामा सूचिकृत भएका ३ लाख ९८ हजार श्रमिकको नाममा ३० अर्ब ६९ करोड रुपैयाँँ संकलन भएको हो ।

योजनाअन्र्तगत सरकारले लगभग १० प्रतिशत अर्थात ३ अर्ब ७३ करोड रुपैयाँ विभिन्न योजनाअन्र्तगत श्रमिक तथा उनीहरुका परिवारलाई भुक्तानी गरेको छ । सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट संकलन गरेको ३० अर्ब ६९ करोडमध्ये विभिन्न ४ योजनाअन्र्तगत ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको योगदान रकम भुक्तानी गरेको हो । कोषका सहप्रवक्ता रोहित रेग्मीले कोष रहेको रकममध्ये विभिन्न योजनाअन्र्तगत आएका दाबी अनुसार रकम भुक्तानी भएको बताए । उनले योगदानकर्ताको संख्या वृद्धिसँगै योगदान रकमसमेत वृद्धि भएको र सोही अनुसार दाबी भुक्तानी हुँदै आएको बताए ।

योजनामा आव २०७६/०७७ मा १ अर्ब ६१ करोड, २०७७/०७८ मा ५ अर्ब १७ करोड, २०७८/०७९ मा १४ अर्ब ३४ करोड र चालू आवको फागुनसम्म ९ अर्ब ५७ करोड योगदान रकम संकलन भएको कोषले जानकारी दिएको छ । कोषले हाल सबै भन्दा बढी अवकास दाबी भुक्तानी अन्र्तगत ३ अर्ब १७ करोड ६४ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । यसैगरी औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्र्तगत ४३ करोड ८६ लाख रुपैयाँ भुक्तानी लिएका छन् । आश्रित परिवार सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्र्तगत क्रमशः ६ करोड २९ लाख र ५ करोड २१ लाख रुपैयाँ भुक्तानी भएको छ ।

कोषमा हालसम्म १७ हजार ७२६ रोजगारदाता र ३ लाख ९८ हजार ५६१ योगदानकर्ता सूचिकृत भएका छन् । सामाजिक सुरक्षा कोषले पछिल्लो समय विभिन्न लाभग्राही योजना ल्याएका कारण कोषमा आवद्धता हुने रोजगारदाता र श्रमिकको संख्या बढी रहेको कोषले जनाएको छ । सामाजिक सुरक्षा योजनामा सूचिकृत भएका रोजगारदाताले २० र श्रमिकको तर्फबाट ११ प्रतिशत गरी ३१ प्रतिशत मासिक रुपमा जम्मा गर्नुपर्ने नियम रहेको छ । यसैगरी कोषले योगदानकर्ताको उपचारका लागि देशभर रहेका विभिन्न अस्पताललाई कोषको प्रणालीमा जोडेर भुक्तानीलाई सहज बनाएको जनाएको छ ।

सरकारले सामाजिक सुरक्षा योजनामा योगदान गर्ने श्रमिकको दुर्घटनाको निःशुल्क र औषधी उपचारको ८० प्रतिशत खर्च श्रमिकले तिर्नु नपर्ने गरी सम्झौता गरिएका अस्पताललाई कोषको प्रणालीसँग जोडेको छ । यसअघि श्रमिकले उपचार वापतको पैसा भुक्तानी गरेर सोको शोधभर्ना कोषबाट लिने झन्झटिलो प्रक्रिया रहेको थियो ।
कोषले पछिल्लो समय वैदेशिक रोजगारीमा रहेका, स्वरोजगार, अनौपचारिक क्षेत्रका श्रमिकलाई समेत योजनामा सामेल गरेको छ । कोषले वैदेशिक रोजगारी तथा विदेशमा स्वरोजगार रहेका सबै श्रमिक योजनामा सामेल हुने अपेक्षासहित श्रम गन्तव्यबाटै आवद्धता गर्ने गरी प्रणालीलाई विस्तार गरिहेको जनाएको छ ।

सरकारले पुसको पहिलो साता वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको थियो । स्वीकृत कार्यविधिमा चैतबाट कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको थियो । सामाजिक सुरक्षा कोषले योजनामा नियमित योगदान गर्ने श्रमिकको दुर्घटना उपचारको शतप्रतिशत र औषधी उपचारवापतको ८० प्रतिशत रकम सोभैm शोधभर्ना दिनेगरी अस्पताललाई अनलाइन प्रणालीमा जोडने कार्यको शुरु गरेको छ ।

कोषले यसअघि योगदानकर्ताको उपचारका लागि सम्झौता गरेका ११८ अस्पताललाई हाल प्रणालीमा जोडेर उपचारवापतको रकम योगदान रकम श्रमिकले तिर्नु नपर्ने गरी प्रणालीलाई स्तरोन्नती गरेको छ । योगदानकर्ता श्रमिकले कोषले ताकेको अस्पतालमा दुर्घटना उपचार निःशुल्क र औषधी उपचारमा लाग्ने ८० प्रतिशत रकम सोभैm अस्पतालाई भुक्तानी गर्नेछ । यसअघि दुघटना तथा औषधी उपचारको सेवा लिने श्रमिकले अस्पताललाई पहिला भुक्तानी गरेर पछि कोषबाट सोको शोधभर्ना लिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्