दक्षिणपूर्वी एसियालाई दिगो वित्तीय सहयोगको आवश्यकता «

दक्षिणपूर्वी एसियालाई दिगो वित्तीय सहयोगको आवश्यकता

इन्डोनेसियाको पटोमिना जियोथर्मल इनर्जीका अधिकारीहरूले स्वच्छ ऊर्जा सिर्जना क्षमता विस्तारलाई वित्तीय सहयोग गर्न कम्पनीले हरित ऋणपत्र जारी गर्ने बताएका छन् ।

एसियाका उदीयमान बजार हरित ऋणपत्रका साथै अन्य दिगो वित्तीय सहयोगका स्वरूपहरू परिवर्तनका लागि शक्तिशाली बल हुन सक्नेछन् । यसले केही तीव्र आर्थिक विकासलाई सहयोग गर्न सक्नेछ, जसले कम्पनी तथा उद्योगहरूलाई उनीहरूले गर्ने व्यवसायमा परिवर्तन गरेर डिकार्बनाईज्डलाई अत्यावश्यक हुने जैविक विविधतालाई प्रोत्साहित गर्न सक्नेछ ।

यद्यपि, टिकाउ वित्त बजार र यसले शासित गर्ने फ्रेमवर्क अझै पनि विकास हुँदै छ । यसको अर्थ यहाँ कम्पनी तथा लगानीकर्ताहरूका लागि महत्वपूर्ण ख्याति, शासन र व्यावसायिक चुनौतीहरूलाई नयाँ किसिमको वित्त उपलब्ध गराउनु हो ।
विशेष गरी दक्षिणपूर्वी एसियामा व्यवसायको स्वाभाविक लगानीको अत्यावश्यक जलवायु र जैविक विविधताको परिणामको अर्थ हामीले यी चुनौतीहरूबाट बाहिर आउने विधि पत्ता लगाउनु र दिगो वित्तीय काम बनाउनु हो । यो काम द्रुत गतिमा गर्नु आवश्यक पनि छ ।

आगामी पाँच वर्षसम्म दक्षिणपूर्वी एसियाको आर्थिक वृद्धि औसत ५.५ प्रतिशतको हाराहारीमा हुने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी) ले गरेको छ । यो क्षेत्रका धेरैजसो भूभाग कृषि वस्तुमा ठूलो परिमाणमा निर्भर रहँदै आएका छन् । तर, यो क्षेत्रले पनि कुख्याती कमाएको छ तथा जमिन विवाद, वनजंगल फँडानी र जैविक विविधता गुमाउने कुराहरूसँग जोडिएको छ ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठनका लागि कार्बन उत्सर्जन कटौती प्राथमिकतामा परेको छ । यसका धेरैजसो देशले २०५० सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा पु¥याउने लक्ष्य लिएका छन् । यद्यपि इन्डोनेसियाले भने यो लक्ष्य २०६० मा प्राप्त गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यद्यपि धेरै प्रक्षेपणका अनुसार दक्षिणपूवी एसियाली राष्ट्रहरू उनीहरूको प्रदूषण गर्ने कम्पनी र उद्योगहरूलाई हरित हुन लाग्ने संक्रमणको समयमा सहयोग गर्न लगानीमा पहुँच पुग्नका लागि दिइनुपर्छ ।

इन्डोनेसिया जलवायु परिवर्तनविरुद्धको अन्तर्राष्ट्रिय लडाइँमा सर्वाधिक संवेदनशीलमध्येमा पर्छ । यो विश्वव्यापी वर्षावनमध्येको तेस्रो ठूलो विस्तार भएको मुलुक हो । यसको काठको जंगलले अमूल्य कार्बन शोषणको काम गर्छ ।

इन्डोनेसियाको वर्षावनले बृहत् वर्षावनलाई बासस्थान उपलब्ध गराएको छ । यहाँ विशेष किसिमका प्रजातिहरू छन् । जस्तै सुमात्रा बाघ, बोर्नियो हात्ती र सुमात्रा र जाभान गैंडाहरूका साथै विश्वका ओराङगुटानको तीन चौथाइभन्दा बढी यहाँ बसोबास रहँदै आएको छ ।

इन्डोनेसिया विश्वकै ठूलो कृषि वस्तुको उत्पादकमध्येको एक हो । यी उद्योगहरू स्थानीय अर्थतन्त्रका लागि संवेदनशील रहँदै आएका छन् । यसले १ करोडको हाराहारीमा रोजगारी दिँदै आएको छ र देशको कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशको हिस्सा ओगट्दै आएको छ ।

वनविनाश कम गर्ने मामिलामा इन्डोनेसियाले ठूलै फड्को मारेको छ । यसको व्यावहारिक प्रयोगका लागि केही कृषि व्यवसायका कम्पनीहरू अन्यत्रबाट यहाँ सरेका पनि छन् । यसमा वनलाई पाम आयलको खेतीमा रूपान्तरण गर्न सरकारको सहयोगले सघाएको पनि छ ।

इन्डोनेसियाका वस्तुहरू विश्वव्यापी रूपमा उपभोक्ता उद्योगको पक्षमा देखिएका छन् र व्यावसायिक अभ्यास परिवर्तन गर्न सीमित मात्रामा वित्तीय लाभ पनि दिइएको छ । त्यसैले हामीले जंगल र जैविक विविधता गुमाउँदै उत्पादनको निरन्तरता पनि देख्न पाउनेछौं ।

कानुनी रूपमा बाँधिएको वातावरण र सामाजिक सहमतिसँगै आउने वित्तीय सहयोगले कृषि वस्तु र वनविनाशबीचको सम्बन्ध तोड्न शक्तिशाली औजारको प्रस्ताव गर्न सक्छ । उदाहरणका लागि पाम आयल कम्पनीले जारी गरेको दिगो वित्तीय औजारले दिगो अभ्यासलाई बाध्य बनाउन सक्छ । यसले संरक्षणका लागि छुट्ट्याइएको भूमि सुनिश्चित गर्छ र स्थानीय समुदायले स्पष्ट लाभ पनि प्राप्त गर्न सकिन्छ । वृक्षारोपणले छिमेकी संरक्षित क्षेत्रहरूको अतिक्रमणको विरुद्धमा महत्वपूर्ण बफरका रूपमा काम गर्छ ।

यद्यपि, दक्षिणपूर्वी एसियाका कम्पनीहरू, साना सरोकारवाला, लगानीकर्ता र नीति निर्माताहरूले ठूलो चुनौतीको सामना गर्नुपर्ने स्थिति आउन सक्छ । उनीहरूले अर्थपूर्ण परिवर्तन सञ्चालन गर्न अर्थको क्षमतालाई राम्रो बनाउन खोज्ने भएकाले यो स्थिति आउन सक्छ ।

यीमध्ये धेरै विषय आयोजनालाई दिगो रूपमा वर्गीकरण गर्न र तयारी अवस्थाको तुलनालाई सक्षम पार्न सामान्य शासकीय फ्रेमवर्कको अनुपस्थितिबाट देखिएका छन् । त्यसैले लगानीकर्ताहरूले सूचित खालको लगानी निर्णय लिन सक्छन् । आज दक्षिणपूर्वी एसियाका टिकाउ खालको वित्तीय सहयोग विभिन्न खाले स्वयंसेवी मापदण्डलाई प्रयोग गरेर आएका छन् । जस्तै— इन्टरनेसनल क्यापिटल मार्केट एसोसिएसनको हरित ऋणपत्रको मापदण्ड । यसले वातावरणीय र सामाजिक भूमिकाको विशेष मापनलाई समावेश गरेको छ । यसलाई आयोजनाको रूपमा लैजान फ्रेमवर्कको रूपमा व्यवस्थित गरिनुपर्छ ।

जस्तै- इन्टरनेसनल फाइनान्स कर्पको भूमिकाको मापदण्ड ।प्रभावकारी वित्तीय सहयोगले बाध्यकारी अधिकार, खुलासा र भूमिकाको परीक्षण गरेर बाध्यकारी टिकाउ मापदण्डको रूपमा काम गर्न सक्छ । टिकाउ ऋण सहयोग विधि प्रायःजसो उनीहरूकै कानुनी बाध्यकारी वातावरणीय र सामाजिक प्रतिबद्धतामा आएको हुन्छ ।

उदाहरणका लागि परिचित वातावरणीय र सामाजिक परिवर्तनलाई उपचार गर्न वातावरणीय सामाजिक कार्यगत योजनाहरू आएका हुन्छन् र यो कारोबारी दस्ताबेजमा सुरक्षित गरिएको हुन्छ । विशेष अधिकार भूमिकाका सूचकहरूको भूमिकालाई तेस्रो पक्ष परामर्शदाताबाट नियमित रूपमा लेखापरीक्षण गर्न सकिन्छ र लगानीकर्ताहरूलाई यसको जानकारी गराउन सकिन्छ । यसको अवज्ञालाई सम्भावित त्रुटिपूर्ण घटनाको रूपमा लिन सकिन्छ ।

यस किसिमको सुरक्षाकवचका बाबजुद ग्रिनवासिङका दाबीहरू विद्यमान छन् र दक्षिणपूर्वी एसियाको हरित संक्रमणको स्थानीय अवस्था र जटिलताको थोरै बुझाइको आधारमा मात्रै तयार पारिएको छ । यस किसिमका धेरै दाबी क्षेत्रबाहिरको अवलोकनका आधारमा उत्पन्न भएका छन् र क्षेत्रमा दिगो वित्तीय सहयोगको परिचालनमा जोखिम रोकिनेछ । साना कम्पनीहरू ठूला वस्तु कम्पनीहरूको आपूर्ति श्रृंखलाका लागि सञ्चालित भएका छन्, जसका लागि वित्तीय सहयोग र हस्तक्षेप दुवैको व्यापक आवश्यकता पर्छ ।

यो समूहले पनि विद्यमान मापदण्डसँग आबद्ध हुनका लागि आफूलाई अप्ठेरोमा पाएका छन् । यी साना कम्पनीहरूलाई प्रमाणीकरण र तालिमका लागि अनुदानबाट सहयोगको आवश्यकता पर्छ । यसले मात्रै राम्रो कृषि र संरक्षण अभ्यास तथा वित्तीय शिक्षा दिन सक्छ ।

वातावरणीय चुनौतीको आवश्यकतालाई मध्यनजर गर्दै साना सरोकारवाला, कम्पनी तथा लगानीकर्ताहरूलाई आविष्कार, वित्तीय सहयोगका लागि नयाँ विधिको खोज र प्रदूषणबाट हरितको संक्रमणको अवस्थामा जान प्रशस्त स्थान दिइनुपर्छ । टिकाउ वित्तीय सहयोगले उपलब्ध गराउने गाजर र लाठीबिना यो संक्रमणको अवस्था निश्चित रूपमा पनि मन्द हुन सक्छ । तर टिकाउ खालको वित्तीय सहयोग पनि छिट्टै परिपक्व हुनु आवश्यक छ । सबै प्रकारका टिकाउ लगानीलाई भूमिका र खुलासाका लागि स्पष्ट मापदण्डको रूपमा लिइनुपर्छ ।

यद्यपि यसका लागि समय लाग्छ । साधारण फ्रेमवर्क खुलापनको मापदण्डले टिकाउ वित्तीय बजारलाई आकार दिन्छ र यो नीति निर्माताहरूबाट अझै विकास भइरहेको छ । प्राणी र जीवको बसोबास भएको ग्रह पृथ्वीले अब कुर्न सक्दैन । दक्षिणपूर्वी एसियाका कम्पनीहरूले यदि खुद शून्य कार्बन उत्सर्जनको लक्ष्य पूरा गर्ने हो भने र जैविक विविधताको संरक्षण गर्न कृषि वस्तुको उत्पादनका लागि दिगो संक्रमण सञ्चालन गर्न उनीहरूलाई वित्तीय सहयोगको आवश्यकता पर्छ ।

टिकाउ वित्तीय सहयोग परिवर्तनको शक्ति हो, जसले हरित वृद्धिलाई प्रोत्साहित गर्न सहयोग गर्छ, जैविक विविधतालाई संरक्षण गर्छ र अन्ततः दक्षिणपूर्वी एसियाको जीवनस्तरमा सुधार गर्छ ।

प्रतिक्रिया दिनुहोस्