गरिमा विकास बैंक र ग्रान्डी इन्टरनेसनल हस्पिटलबीच सम्झौता «

गरिमा विकास बैंक र ग्रान्डी इन्टरनेसनल हस्पिटलबीच सम्झौता

गरिमा विकास बैंकका ग्राहकहरुलाई ग्रान्डी इन्टरनेसनल हस्पिटलमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा गरिमा विकास बैंक र ग्रान्डी इन्टरनेसनल हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ ।
मंगलबार गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ग्रान्डी इन्टरनेसनल हस्पिटलको तर्फबाट व्यवसाय तथा बजार प्रमुख दिनेश पौड्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेको हुन् । यस सम्झौतापश्चात् गरिमा विकास बैंकका भिजा कार्ड होल्डरहरुले ग्रान्डी इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्