निजी स्तरका विद्यालयमा पनि राज्यले लगानी गर्नुपर्छ : प्रदिप पौडेल

नेपाली काँग्रेसका युवा नेता तथा सांसद प्रदिप पौडेलले प्रविधि मैत्री र प्रतिस्पर्धात्कम अवस्था आएकाले समयानुकल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताए । उनले सरकारी विद्यालयको साथै नीजी स्तरका विद्यालयको विद्यार्थी शुल्क पनि राज्यले तिरिदिनु पर्ने आवश्यकता औल्याएका छन् ।
शनिबार ज्ञान चक्षु ईङ्लिस स्कुलको १७औं वार्षिक उत्वस तथा अभिभावक दिवसको अवसरमा आयोजित पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि रहेका नेता पौडेलले सरकारी विद्यालय भन्दा निजी स्तरका विद्यालयहरुको शैक्षिक गुणस्तर राम्रो बताए । तर निजी विद्यालयको शुल्क महंगो भएको र अभिभावकले तिर्न कठिन भएकोले यसमा पनि राज्यको लगानी आवश्यक रहेको उनले औल्याएका हुन् ।
प्रमाणपत्र मुखी भन्दा पनि नेतृत्व गर्ने शिक्षा आजको आवश्यकता रहेको बताउँदै उनले प्रतिस्पर्धात्कम शिक्षाबाट नै दक्षा जनशक्ति उत्पदान हुने भएकले यस प्रति विद्यालयले जोड दिनुपर्ने बताए । कार्यक्रमका सभापति तथा विद्यालयका संस्थापक निर्देशक रमेश श्रेष्ठले ज्ञान चक्षु ईङ्लिस स्कुललाई बोलेर मात्र नभई कामले गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए ।
उनले विद्यालयको गुणस्तरलाई उकास्नका लागि शिक्षक, विद्यार्थी, अभिभावक तीनै पाटाको महत्वपूर्ण भुमिका हुने भएकाले त्यो अवस्था यस स्कुलमा भएकाले काठमाडौं उपत्यकाको उत्तरीभेगको उत्कुष्ठ हुन सफल भएका बताए । उनले निकट भविष्यमा नै शैक्षिक पूर्वाधारयुक्त विद्यालयको आफ्नै भबन निर्माण हुने खुलासा गरे । हाल प्लेग्रुपदेखि १० कक्षा सम्म मात्र भएकाले प्लस टु सम्म सञ्चालन गर्ने उद्घोष गरे ।
विद्यालयका प्रधानाध्यापक मिनकुमार कोइरालाले भावि शैक्षिक योजना प्रस्तुत गर्दै विद्यालयले दिएको महत्त्वपूर्ण जिम्मेवारीलाई आत्मसात गर्दै अगाडि बढ्ने बताए । उनले विगतको अनुभव र आजको आवश्यकतालाई आत्मसात गर्दै विद्यालयलाई नम्बर १ बनाउने आफू दत्तचित्त भएका लाग्ने बताए । उनले न्युनत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न स्कुल सक्षम रहेको दावी गरे ।
कार्यक्रममा वरिष्ठ गायक हेमन्त शर्मा, राष्ट्रिय कलाकारहरु रिता के.सी., जादुकर शेरबहादुर गुरुङ्ग, नृत्याङ्ग शुसिला थापा लगायतले आ–आफ्नो प्रतिभा देखाई कार्यक्रमलाई रोमाञ्चक बनाएको थियो । कार्यक्रममा प्रमुखअतिथि तथा अतिथि, कलाकार तथा समाजसेवीहरुलाई मायाको चिनो प्रदान गरिनुकासाथै विद्यार्थीहरुले नाचगान तथा खेलकुदका कार्यक्रम गरि आफ्नो प्रतिभा प्रस्तुत गरिएको थियो ।