Logo

आइपीओ जारी गर्दै कुमारी जब

मानव संशाधनको क्षेत्रमा विगत ९ वर्षदेखि काम गर्दै आएको कुमारी जब प्रालिले आफ्नो वित्तीय क्षमता अभिवृद्धि गर्न आईपीओ जारी गर्ने भएको छ ।

सोही कार्यका लागि कुमारी जबले एनआईसी एशिया क्यापिटलको आइडिया टु आइपीओ सेवा लिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । २०१४ मा स्थापित कुमारी जबले आफ्नो योग्यता र क्षमता अनुसार काम खोज्ने अनुभवी व्यक्ति र सही प्रतिभा खोज्ने रोजगारदाताबीच पुलको रूपमा काम गर्ने गरेको छ ।

विभिन्न सेवामध्ये कुमारी जब पोर्टल नेपालकै अग्रणी अनलाइन जागिरको माध्यममार्फत जागिर खोज्ने र कर्मचारी खोज्ने संस्थालाई सेवा प्रदान गर्दै विभिन्न योग्यता र सीप अनुसारको श्रमिक आपूर्ति र विभिन्न रोजगार मुलक तालिम तथा परामर्श दिँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्