सेन्ट लरेन्स कलेजमा अब कानुन संकाय पनि «

सेन्ट लरेन्स कलेजमा अब कानुन संकाय पनि

सेन्ट लरेन्स कलेजको मिसन भनेकै शिक्षामा गुणस्तरता, व्यावसायिक र व्यावहारिक शिक्षा दिने रहेको छ । यसरी नै कलेजले ग्लोबली कर्पोरेट क्षेत्रमा माग हुने प्रतिस्पर्दी ग्रेजुएटको उत्पादन र विकास गर्ने प्रस्ट भिजनसहित अघि बढेको कलेज हो । एसटी लरेन्स कलेजले स्वदेश मात्र विश्वव्यापी रूपमा बिक्न सक्ने जनशक्ति तयार गर्ने लक्ष्यसहित अघि बढिरहेको जनाएको छ । सोही लक्ष्यसहित आफ्ना शैक्षिक कार्यक्रमहरू पनि अगाडि बढाइरहेको छ ।
यो कलेज सन् १९९७ मा स्थापना भएर हाल नेपालको एक अग्रमी शैक्षिक संस्थाका रूपमा चिनिएको छ । कलेजले माध्यमिक (उच्च माध्यमिक) र स्नातक तहको विभिन्न कार्यक्रमको शिक्षाका लागि उच्च गुणस्तरको शिक्षा प्रदान गर्न सफल भएको छ । प्लस टुमा साइन्स, म्यानेजमेन्ट, ह्युमिनिटिज र यो वर्षबाट कानुन संकायका विभिन्न कोर्स र डिग्री प्रदान गरिरहेको छ । कलेजले साइन स्ट्रिममा कक्षा ११ का लागि अंग्रेजी, फिजिक्स, केमेस्ट्रि, बेसिक म्याथम्याटिक, बायोलोजी वा कम्प्युटर र कक्षा १२ का लागि अंग्रेजी, नेपाली, फिजिक्स, केमेस्ट्री, बायोलोजी वा कम्प्युटर साइन्स वा बेसिक म्याथम्याटिक अध्ययन गराउँदै आएको छ ।
यसरी नै म्यानेजमेन्ट फ्याकल्टीमा कक्षा ११ मा अनिवार्य विषयका रूपमा अंग्रेजी, नेपाली र एकाउन्टेन्सी रहेका छन् । यसमा अप्सनल पहिलोतर्पm इकोनोमिक र ट्राभल टुरिजममध्ये कुनै एक विषय छान्नुपर्नेछ । अप्सनल दोस्रोमा बेसिक म्याथम्याटिक, बिजनेस स्टडिज, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समध्ये कुनै दुई छनोट गर्नुपर्ने हुन्छ ।
यसरी नै म्यानेजमेन्टको दोस्रो वर्षका लागि अंग्रेजी, बिजनेस म्याथम्याटिक वा मार्केटिङ र एकाउन्टेन्सी अनिवार्य गरिएको छ । यसरी नै पहलो अप्सनलमा इकोनोमिक र ट्राभल र टुरिजममध्ये एक छनोट गर्नुपर्ने व्यवस्था गरेको छ । अप्सनल दोस्रोमा बेसिक म्याथम्याटिक, बिजनेस स्टडिज, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समध्ये कुनै दुई छनोट पर्नुपर्ने हुन्छ । यसरी नै मानविकी (ह्युम्यानिटिज) मा कक्षा ११ मा अंग्रेजी, नेपाली, सोसियोलोजी, मास कम्युनिकेसन र अप्सनल अंग्रेजी रहेको छ । कक्षा १२ का लागि अंग्रेजी, कन्टेम्पोररी सोसाइटी, सोसियोलोजी, मास कम्युनिकेसन र अप्सनल अंग्रेजी रहेका छन । यसैगरी यो वर्षबाट स्नातक तहमा बिसिए, बिएसडब्लू र बिबिएसका कार्यक्रमसमेत समावेश गरेको छ । यसरी मास्टर तहमा एमबिएचका कार्यक्रमसमेत सुरु गरेको छ । कलेजमा सुविधासम्पन्न लाइबेरी, यातायात, ल्याब, होस्टेल, क्याटिन र कम्प्युटर ल्याबको सुविधा रहेको छ । केही समयभित्र कलेजले आफ्नो ब्रान्डमा स्कुल तह समेत सञ्चालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्