किन असफल भइरहेको छ रुसमाथिको प्रतिबन्ध ? «

किन असफल भइरहेको छ रुसमाथिको प्रतिबन्ध ?

रुसमाथिको प्रतिबन्धले उसको अर्थतन्त्रलाई असर पारे पनि यो उत्तर कोरिया र इरानलाई परेको असरभन्दा कम कठोर देखिएको छ । उत्तर कोरिया र इरानमाथिको प्रतिबन्धमा उक्त प्रतिबन्ध अटेर गरेर गतिविधि गर्ने तेस्रो मुलुकलाई पनि दण्डको व्यवस्था गरिएको थियो । दोस्रो पक्षमाथिको प्रतिबन्धले पुटिनमाथि कडाइ त गर्न सकिन्छ, तर यसले भूमण्डलीकरणलाई पनि असर पार्नेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमाथि गरेको वर्ष दिनमा हालै गरेको भ्रमणप्रति उनी प्रशंसाको हकदार भएका छन् । बाइडेनले पोल्यान्डको सीमाबाट किभका लागि रेलबाट गरेको १० घण्टे यात्रा उमेरले ८० पार गरेका नेतालाई कम डरको विषय होइन । यो युक्रेन, अमेरिका र उसका नेटो गठबन्धनका लागि गौरवको दिन हो ।

वार्साको रोयल क्यासलमा दिएको भाषणमा बाइडेनले रुसमाथि लगाइएको हालको प्रतिबन्धले इतिहासमै कुनै पनि मुलुकमाथि लगाइएको प्रतिबन्धको सबैभन्दा ठूलो प्रतिबन्धको प्रतिनिधित्व गरेको बताइसकेका छन् । उनको यो अभिव्यक्ति यकिन भए पनि यसले गलत बाटोतर्फ डो¥याएको छ । अमेरिकाले अन्य ठाउँमा पनि प्रयोग गरेको प्रतिबन्ध जस्तै उत्तर कोरिया र इरानमा हाल रुसमाथि लगाइएको प्रतिबन्धभन्दा कठोर किसिमको थियो । किनकि उक्त प्रतिबन्धमा तेस्रो पक्षीय मुलुकमाथि पनि द्वितीय प्रतिबन्ध समावेश थियो । यसको ज्वलन्त उदाहरणमा चीनका कम्पनीले यी मुलुकहरूसँग कारोबार गरेकाले चीनका उक्त कम्पनीहरूमाथि पनि प्रतिबन्ध लागेको थियो । तर, रुसको मामिलामा यो अवस्था बल्ल सुरु हुन थालेको छ ।

हालका लागि रुसले भारत र चीनलाई लगातार तेल बिक्री गरिरहेको छ र इजरायली निर्यातकहरूबाट ताजा फलफूल र तरकारी किनिरहेको छ । योभन्दा पनि विशाल परिमाणको व्यापारले ट्रान्ससिपमेन्टको माध्यमबाट ठाउँ लिइरहेका छन् । तर पनि यहाँ के कुरामा निश्चित हुन सकिन्छ भने युरोपले रुसमाथि गरेको निर्यात प्रतिबन्धको अवस्थाअनुसार नै ओरालो लागिरहेको छ । तर रुसले टर्की, आर्मेनिया, कजाखस्थान र किर्गिस्तानसँग गरेको व्यापार उकालो लागेको छ ।

फलतः प्रतिबन्धले रुसी अर्थतन्त्रलाई अपेक्षाअनुसारको कडा र छिटो असर पारेको छैन । युद्धका सुरुका दिनमा अमेरिकाले अन्तर्राष्ट्रिय वित्तका दिग्गजहरूलाई रुसको आधिकारिक विदेशी विनिमयको सञ्चितिको ३ खर्ब डलर रोक्का गरेर आश्चर्यमा पारेका थियो । जब ‘एप्पल पे’ र ‘गुगल पे’ रुसमा निलम्बन भयो, धेरैले मस्कोका भूमिगत रेलमार्गहरू रोकिने अपेक्षा गरेका थिए । तर, रुसको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कम्तीमा पनि १० प्रतिशतले संकुचित हुने प्रक्षेपण गरिएको थियो । हाल आएर अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले २०२२ मा २ प्रतिशतमाथि मात्रै संकुचित भएको उल्लेख गरेको छ र यो वर्ष थोरै भए पनि वृद्धि हुने अपेक्षा गरिएको छ ।

हामी जीडीपीको अवस्थामा शंका मान्ने विभिन्न कारणहरू रहेको कुरामा निश्चित हुन सक्छौं । क्रेमलिनले पनि युरोपेली मुलुकहरू उसका मित्रहरूलाई आफ्नो जीडीपी देखाएर प्रतिबन्धले रुसलाई भन्दा उनीहरूलाई नै बढी असर पारिरहेको विश्वस्त पार्न प्रोपोगान्डा औजार प्रयाग गर्न सफल भएको छ । यद्यपि हालको प्रतिबन्धले रुसी अर्थतन्त्रलाई असर गर्न असफल भएको छ, जुन पश्चिमा नेताहरूले अपेक्षा गरेका थिए ।

तर, आर्थिक प्रतिबन्ध मात्रै पुटिनको शासनलाई हटाउन पर्यात हुनेछैन । समग्रमा दक्षिण अफ्रिकामा १९८० को दशक र १९९० को दशकको सुरुमा प्रतिबन्ध सफल हुनुमा विश्व नै दक्षिण अफ्रिकाविरुद्ध एकजुट भएको थियो ।

प्रतिबन्धले अर्थ राख्ने भनेको युद्धमैदानमा मात्रै हो । जब केही आशा गरेजस्तै आर्थिक रूपमा समस्याग्रस्त पार्न नसके पनि पश्चिमा नाकाबन्दीले सैन्य प्रविधि र सामग्रीहरूमा उच्च कोटीको मिसाइल प्राप्त गर्ने रुसको क्षमतामा भने कटौती गर्न सक्छ, नागरिक प्रयोजन र सैन्य उपकरणमा प्रयोग भएका कम्प्युटर चिप्सले रुसको बाटो फेला पारिसकेको छ । विशिष्टीकृत चिप्स प्राप्त गर्न कठिनाइ हुने विषयले हलचल ल्याउनेमा कुनै शंका छैन ।

तर त्यो मात्रै पर्याप्त हुनेछैन । स्मार्ट ल्यान्डमाइन्ससँगै युक्रेनको ठूलो हिस्सा समेट्न आवश्यक चिप्स प्राप्त गर्न प्रतिबन्धले रोक्नेछैन । केही अनुमानका अनुसार युक्रेनको ३० प्रतिशत भूभागलाई माइनले समेटिसकेको छ । यो पनि विशेष गरी उत्तरपूर्वी क्षेत्रमा । यी संयन्त्रलाई माइन ब्यान ट्रेटी १९९७’ ले प्रतिबन्धित गरिसकेको छ । यद्यपि रुसले यो सन्धिमा हस्ताक्षर गरेको छैन, जसले युक्रेनको पुनर्निर्माणलाई वर्षौंसम्म ओझेलमा पार्न सक्छ । चीनको सैन्य प्रविधिसँगै खुलमखुला आपूर्ति गरेकाले रुसले यसलाई सम्हाल्न सकेको छ । यो जोखिमपूर्ण अवस्थालाई बाइडेन प्रशासनले हालैमात्र महत्व दिएको छ ।

ईयू–यूएस नेतृत्वको प्रतिबन्ध कुनै पनि मुलुकमा लगाइएको हालसम्मकै बृहत् प्रतिबन्ध भनी व्याख्या गर्नुमा बाइडेन गलत हुन सक्छन् । तर, उनी पूर्ण रूपमा बिनाआधारका पनि छैनन् । आर्थिक प्रतिबन्धहरू विशेष गरी फराकिला जटिल किसिमका हुने गर्छन् । केहीले पुटिनलाई नै लक्षित गरेको छ । तर, प्रतिबन्धको ढाँचा यस किसिमबाट तयार पारिएको छ कि रुसले जे पनि निर्यात गर्न सक्छ । तर पनि तेल तुलनात्मक रूपमा अन्यभन्दा स्वतन्त्र रूपमा निर्यात गर्न रुस सफल भइरहेको छ । यसका अझै पनि प्रशस्त खरिदकर्ता रहेका छन् । उदाहरणका लागि अमेरिका वास्तवमै असुविधाजनक अवस्थामा रहेको छ, जसले आफ्नो आवश्यकताको बिजुलीको २० प्रतिशत परमाणु ऊर्जाबाट प्राप्त गरिरहेको छ । उसले पनि रुसी युरेनियम आयात गरिरहेको छ ।

युक्रेनमा अतिक्रमणपूर्व रुस ठूलो व्यापार बचतमा चलिरहेको थियो । त्यसैले ऊसँग आयातका लागि हार्ड करेन्सीको मात्रा अझै पनि पर्याप्त मात्रामा रहेको छ । यदि यसलाई रि–रुटिङ गर्नका लगि भुक्तानी गर्नुपरेमा पनि ऊ सक्षम छ । तर सबै खाले सामग्री किन्ने क्षमतामा भने गिरावट आएको छ । पुटिनको शासनमा कडाइ गर्नुपरेमा अमेरिका र उसका मित्रहरूले द्वितीय प्रतिबन्धको श्रृंखला प्राप्त गर्न सक्छन् ।

तर यो पनि गर्नभन्दा भन्न मात्र सजिलो छ । केहीले द्वितीय प्रतिबन्धले विश्वव्यापी मन्दी ल्याउन सक्ने सुझाएका छन् । यस किसिमको त्रास सम्भवतः बढाइचढाइ भनिएको जस्तो हुनेछ । ठूलो मुद्दा भनेको के हो भने असंलग्न राष्ट्रहरूको जस्तै भारत–रुसको मित्र चीनले युक्रेनमा अतिक्रमणको विषयलाई पश्चिमा आशयलाई त्यति वास्ता गर्दैन । द्वितीयक प्रतिबन्ध लगाउनाले विश्वव्यापीकरणको विरुद्धमा जाने कुरालाई मलजल गर्न सक्छ, जुन विगतका वर्षमा धेरै विश्लेषणको विषय बनेको थियो ।

बाइडेन र नेटोले यो नतिजालाई सकेसम्म त्याग्ने प्रयास गर्नेछ । यदि पुटिनले युक्रेनमा परमाणु हतियार प्रयोग गरेमा उनीहरूले पनि सीमा पार गर्न सक्नेछन् । धेरै टिप्पणीकारले यस खालको अवस्था कहिले पनि नआउने विश्वास लिएका छन् । हामीलाई पनि उनीहरू सही छन् जस्तो लाग्छ । यदि पुटिनलाई पनि भित्तामै पुर्‍याउने प्रयास भएमा र त्यो कदम उठाइएमा चीन र भारतले पनि रुससँगको व्यापार रोक्ने अपेक्षा गर्न सकिन्छ । यदि उनीहरूले मानेनन् भने अमेरिका र उसका मित्रहरूलाई विकल्प हुनेछैन । तर, विश्वले हालसम्म नदेखेको कठोर किसिमको प्रतिबन्ध लगाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्