Logo

एमसीसीका लागि जग्गा प्राप्ति सुरु

फाइल तस्बिर ।

एमसीसी कम्प्याक्ट अन्तर्गत निर्माण हुने विद्युत प्रसारणलाइनको जग्गा अधिग्रहणको प्रारम्भिक प्रक्रिया अघि बढेको छ । मिलेनियम च्यालेन्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले आज सूचना जारी गरेर पाल्पा, धादिङ र तनहुँमा जग्गा अधिग्रहण प्रारम्भिक प्रक्रिया अघि बढाएको जनाएको छ ।

जग्गा प्राप्ती ऐन–२०३४ अनुसार आयोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्त गरिने भएकाले नापजाँच गर्ने, सर्वेक्षण गर्ने, साँध छुट्याउने, किला गाड्न लागिएको बताइएको छ । तीनी जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकले जग्गा प्राप्तीको कार्य अघि बढाउने निर्णय गरेको छ ।

यो प्रसारणलाइन काठमाडौंको लप्सिफेदीबाट रातमाटे हुँदै बुटवलबाट भारतीय सीमासम्म जोडिनेछ । प्रसारणलाइन ५ खण्डमा विभाजन गरिएको छ । लप्सीफेदी–रातमाटे पहिलो खण्ड ५९ किलोमिटर छ, जसमा १६३ वटा टावर निर्माण हुनेछ । दोस्रो रातमाटे–नयाँ हेटौंडा ५८ किमि छ । जसमा १४२ वटा टावर निर्माण हुनेछ । रातमाटे–नयाँ दमौली ९० किमि खण्डमा २४९ वटा टावर रहनेछन् । चौथो नयाँ दमौली–बुटवल ९० किमिमा २४८ वटा टावर प्रस्ताव गरिएको छ ।

नयाँ बुटवल–भारतीय सीमा ५२ किमिको अन्तिम खण्ड १८ किमिको हुनेछ । ५२ टावर रहेन यो प्रसारणलाइन कुल ८५४ टावर निर्माण हुनेछ । प्रसारणलाइन निर्माण गर्न २ लाख वटा रुखहरु काट्नुपर्छ । रातमाटे, दमौली र न्यु बुटवल गरी तीन वटा नयाँ सवस्टेशन निर्माण हुनेछ । दमौली र न्यु बुटवलमा नेपाल विद्युत प्राधिकरण स्वामित्वको जग्गा प्रयोग हुनेछ भने रातमाटेमा करिव ५ सय रोपनी जग्गा अधिग्रहण गरिनेछ ।

यो प्रसारणलाइनले ३००० मेगावाट विद्युत प्रसारण गर्न सक्नेछ । प्रसारणलाइन काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर, परासी हुँदै जानेछ । निर्माणपछि ढल्केबर–मुजफ्फरपुर पछिको दोस्रो अन्तरदेशीय प्रसारणलाई हुने दाबी गरिएको छ । नयाँ बुटवल–दमौली, रातमाटे–नयाँ हेटौंडा, रातमाटे–नयाँ दमौली खण्डका लागि जग्गा अधिग्रहण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्