Logo

एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशत लाभांश दिने

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले २५ करोड ६५ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको १६८ औं बैठकले सो निर्णय गरेको हो ।

संस्थाका सेयरधनीलाई गत आर्थिक वर्ष २०७८/०७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी एक अर्ब ७३ करोड ९४ लाख ४० हजारको १४.७५ प्रतिशत अर्थात २५ करोड ६५ लाख ६७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

सो लघुवित्त वित्तीयलेस्थापना भएको पाँच वर्ष पूरा गरेसँगै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको दाबी गरेको छ । यो वित्तीय संस्था मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानीय तहलाई प्राथमिकतामा राखेको दावी गरेको छ । यस आव २०७९/०८० को दोस्रो त्रैमासको अन्त्यसम्ममा वित्तीय संस्थाले कुल दुई लाख भन्दा बढी परिवारमा लघुवित्त सेवा प्रदान गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्