पोखरा विमानस्थलको ४२ प्रतिशत निर्माण कार्य सम्पन्न «

पोखरा विमानस्थलको ४२ प्रतिशत निर्माण कार्य सम्पन्न

• रिठ्ठेपानीको डाँडा कटान सुरु 
• रिठ्ठेपानीको डाँडा कटान सुरु 
• २२ जनाको जग्गाबाट १० लाख ५० हजार घनमिटर माटो निकाल्ने तयारी 
• स्थानीयले आफैं डाँडा कटानमा लागे 

पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थलको हवाई मार्गमा पर्ने रिठ्ठेपानीको डाँडा कटान सुरु गरिएको छ । पोखरा विमानस्थलको निर्माण कार्य तीव्र गतिले अघि बढिरहेको अवस्थामा पोखरा विमानस्थलको हवाई मार्गमा पर्ने रिठ्ठेपानीको डाँडा कटान कार्य सुरु गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनका प्रमुख विनेश मुनाकर्मीले बताए । पोखरा विमानस्थलको हवाई रुटमा पर्ने उक्त रिठ्ठेपानीको डाँडा स्थानीय व्यवसायीहरूले पोखरा महानगरपालिकासँगको सहकार्यमा उक्त डाँडा कटानको कार्य सुरु भएको आयोजनका प्रमुख मुनाकर्मीले बताए । विमान उडानमा असर गर्ने भएकोले उक्त डाँडा कटान गर्न विज्ञको टोलीले सुझाव दिएको थियो । पहिलो चरणमा ३० मिटरको भाग कटाउनका लागि स्थानीयलाई आफूहरूले अनुमति दिएको उनले जनाए । उनले भने, “स्थानीय जग्गा धनीहरूले उक्त डाँडा आफंै कटाउन गर्ने भएका छन् भने त्यहाँ निस्कने ढुंगा माटो पनि उनीहरूले आफैं व्यवस्थापन गर्नेछन् ।” स्थानीय २२ जना व्यक्तिहरूले पोखरा महानगरबाट १० लाख ५० हजार घनमिटर माटो निकाल्ने अनुमति लिएको स्थानीय एक जग्गा धनी गोविन्द तिमिल्सिनाले बताए । महानगरलाई हाल ५० हजार घनमिटको अग्रिम रोयल्टी वापतको रकम ३७ लाख ८० हजार रुपैयाँ बुझाएको उनले बताए । उक्त माटो निकाल्दा मात्र महानगरलाई जग्गा धनीहरूले रोयल्टीबापत करिब ७ करोड बुझाने तिमिल्सिनाले बताए । उनले भने “अर्को जग्गा धनी ठाकुर बरालका अनुसार हाल पहिलो चरणमा माटो कटानका लागि बेस बनाउन हाल रिठ्ठेपानी डाँडाको बामिया पाखाबाट एउटा स्काभेटर प्रयोग गरी माटो कटानको सुरुवात भएको छ । उनका अनुसार स्थानीयको करिब ९० रोपनी जग्गा कटान क्षेत्रभित्र पर्छ । राष्ट्रिय गौरवको योजनालाई सफल पार्न आफूहरूले नेपाल सरकारलाई नै सहयोग पुग्ने गरी उक्त डाँडा कटानमा करिब २० करोड खर्चिन आफूहरू तयार भएको बताए । केही रकम भने डाँडाबाट निस्केको ढुंगा माटो बिक्रीले सहयोग पुग्ने जग्गा धनि बरालले विश्वास लिएका छन् । उक्त डाँडामा सार्वजनिक वन जगंल करिब १ सय ५० रोपनी क्षेत्रफल कटान गर्नुपर्ने देखिए पनि त्यसको बास्तविक लगत निकालेसँगै विभागबाट अनुमति लियर कसरी कटान गर्ने भन्ने विषयमा प्रक्रिया अघि बढेको बताइएको छ । तिमिल्सिना, बराल, सुदीप गिरी, सरेन्द्र श्रेष्ठ, मानव धर्म सेवा समिति लगायतको जग्गा रिठ्ठेपानी डाँडामा पर्छ । सरकारको ठूलो योजनालाई आफूहरूले सहयोग गर्न आफैं डाँडा कटानमा लागेकोले कुनै व्यक्ति तथा संस्थालाई आवश्यक माटो चाहिएमा सःशुल्क प्रदान गर्ने उनले जनाए । पहिलो चरणमा भने कम्तीमा ८÷१० रोपनी क्षेत्रफल मैदानको रुपमा बेस बनायर निर्माण सामग्री राख्नेदेखि अस्थायी रूपमा मजदुर सहितको व्यवस्थापन सोही क्षेत्रमा गरिने भएको जग्गा धनी बरालले जनाए । पोखरा विमानस्थलको हालसम्म करिब ४२ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजनका प्रमुख मुनाकर्मीले बताए । रनवे, ट्याक्सी वेलगायतका भौतिक संरचना निर्माण कार्य सकिएसँगै टर्मिनल भवनको फाउन्डेसनको काम सकिएको अब स्टिल स्ट्याक्चरको काम बाँकी रहेको उनले जनाए । उनका अनुसार अबको एक महिनामा स्टिलका सामाग्रि पोखरा आउनेछन्, त्यसैगरी अन्य विभिन्न प्रकारका भवनहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 
नेपालमै पहिलो पटक निमार्ण भएको रिजिट कंक्रिट पेभमेन्टको आधारमा पोखरा विमानस्थलको धावनको मार्ग निमार्ण कार्य सकिएको हो । उक्त धावन मार्ग तीन तहमा निमार्ण भएको छ भने २ हजार ५ सय मिटर लम्वाई र ४५ मिटरको चौडाइमा रहेको उनले बताए । त्यसैगरी उक्त परियोजनामा १४ वटा भवन निर्माण हँुदैछन् । पोखरा विमानस्थल करिब २२ अर्बको लगानीमा सन् २०२१ जुलाइ १० भित्र सकिने गरी चाईनिज कम्पनीले हाल निर्माण कार्यलाई तीव्र पारेको चाईनिज सीएएमसी कम्पनीका जनसम्पर्क अधिकृत कृष्णप्रसाद चापागाईंले बताए ।पोखरा विमानस्थल करिब ३७ सय रोपनी क्षेत्रफलमा विमानस्थल निमार्ण सुरु भएको हो । अर्थ मन्त्रालयसँग सहायक ऋण सम्झौता भएसँगै २०७४ असार २७ गतेबाट निर्माण कार्य सुरु भएको हो । ५ प्रतिशत व्याजदरमा २० वर्षको अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको थियो । सुरुको ७ बर्ष भने (ग्रोस अवधि) कुनै किस्ता तिर्न पर्दैन भने त्यसपछि १३ वर्षसम्म ६÷६ महिनामा किस्ता तिर्नुपर्ने हुन्छ । 

प्रतिक्रिया दिनुहोस्