Logo

आज शेयर बजार राताम्मे

शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ७७ अंकले घटेर १ हजार ९ सय ३८ दशमलव २५ विन्दुमा झरेको छ । आज दुई सय ५९ वटा कम्पनीका ३८ लाख ३२ हजार कित्ता शेयर १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ८ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशत तथा आदर्श लघुवित्त र खप्तड लघुवित्तको शेयर साढे ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्