२० प्रतिशत डाउन पेमेन्टमै बिवाइडीको गाडी खरिद गर्न सकिने

बिवाइडीको विद्युतीय गाडी खरिद गर्न कुमारी बैंकले सहज कर्जा दिने भएको छ । नेपालको लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालि र कुमारी बैंकबीच सहज फाइनान्सिङको लागि सम्झौता भएको हो । यससँगै बैंकले बिवाइडीको गाडी खरिदको लागि ८ वर्षको लागि ८० प्रतिशतसम्मले फाइनान्सिङको व्यवस्था गर्ने भएको हो ।
यो भनेको बिवाइडीको गाडी खरिद गर्न इच्छुक ग्राहकले २० प्रतिशतमात्र डाउन पेमेन्ट गरेर गाडी खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकले बिवाइडी अट्टो–३ खरिद गर्न जम्मा १२ लाख ९८ हजार रुपैयाँ र अल न्यू ई–६ खरिद गर्न जम्मा ११ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गरे पुग्छ । हाल बिवाइडीको अट्टो–३ को बजार मूल्य ६४ लाख ९० हजार रुपैयाँ र अल न्यू ई–६ को बजार मूल्य ५९ लाख रुपैयाँ तोकिएको छ ।