Logo

लगातार घट्दै शेयर बजार

शेयर बजार परिसूचक नेप्से आज २४ दशमलव ४४ अंकले घटेर १ हजार ९ सय ९५ दशलमव ४९ विन्दुमा झरेको हो । आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अंकले घटेको छ ।

आज २ सय ५७ वटा कम्पनीको ३७ लाख २९ हजार कित्ता शेयर एक अर्ब २८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपर तामाकोसीको ८ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै बोटलर्स नेपालको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आदर्श लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्