Logo

व्यापार युद्धमा चीनको हात माथिःविज्ञ

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको बैठक अपेक्षा गरिए भन्दा धरै राम्रो भएको बताएका छन् । तर केही व्यापार र लगानी विज्ञहअरुले बेइजिङको हात माथि परेको बताएका छन् ।
जापानमा भएको जी–२०को शीखर वार्तामा ट्रम्प र सी दुवैले एक अर्काको सामग्रीमा अतिरिक्त शुल्क लगाउन रोक्ने सहमती जनाएका थिए । यसका अतिरिक्त ट्रम्पले हुवावेलाई अमेरिकी उत्पादन खरिद गर्नका लागि आपूm राजी भएको बताएका छन् र चीनले पनि ठूलो परिमाणमा अमेरिकी कृषि उत्पादन खरिद गर्ने सहमती भएको थियो ।
वासिङटनले सुरुमा हुवावेलाई राष्ट्रिय सुरक्षाको चासो देखाउदै अमेरिकी फर्मसँग व्यवसाय गर्नका लागि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । पछिल्लो समयमा नरम बन्दै गएको ट्रम्पको बोलीले अमेरिकाले चीनलाई अनुमती वा उपहार दिएको जस्तो देखिएको यो घटनालाई नियाल्नेहरुले बताउदै आएका छन् ।
“अहिलेसम्म जी–२० को बैठकबाट चीन विजेता भएको देखिएको छ,”सम्पत्ति व्यवस्थापन फर्म फासानार क्यापिटलका प्रमुख लगानी अधिकृत र प्रमुख कार्यकारी फ्रान्सेस्को फिलियाले बताए ।
“उनीहरुले यो प्राप्तिका लागि के त्यागेका छन् भन्ने विषय अभैm स्पष्ट भएको छैन,” उनले बताए । बैठकको समयमा दुई नेतानले के विषयमा सहमती जनाए भन्ने विषयमा विस्तृत जानकारी बाहिर आएको छैन ।
हुवावेको अवस्था
आफ्नो मुलुक फर्किएपछ अमेरिका र चीनका दुवै सरकार ट्रम्पको हुवावेमाथिको घोषणा रोकिएको जस्तो देखिएका छन् । ट्रम्प र सीबीच भएको बैठकमा उनीहरुले समग्रमा हुवावेको विषयमा उल्लेख नगरेको चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैबीच ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुडलोले राष्ट्रपतिले चिनियाँ फर्मलाई क्षमादान दिने इच्छा व्यक्त नगरेको बताएका छन् ।
हुवावे प्रतिबन्धित सूचीमै रहेको कुडलोले बताए । यद्यपि चिनियाँ वाणिज्य विभागले हुवावेलार्य अमेरिकी कम्पनीसँग सामग्री खरिद गर्न र व्यवसाय गर्नका लागि अनुमती दिएको छ ।

प्रतिक्रिया दिनुहोस्