कीर्तिमानी नाफा कमाउदै एएनए

जापानी विमान सेवा कम्पनी अल निप्पोन एयरलायन्स (एएनए) ले डिसेम्बरसम्मको नौ महिनाको अवधिमा कीर्तिमानी नाफा भएको जनाएको छ । मजबुत मागका कारण नाफा कीर्तिमानी भएको हो ।
माउ कम्पनी एएनएले अप्रिलदेखि डिसेम्बरसम्मको अवधिमा खुद नाफा अघिल्लो वर्षको तुलनामा ७६.७ प्रतिशतले वृद्धि भई १५२.९६ अर्ब येन कायम भएको जनाएको छ ।
सञ्चालन नाफा २७.४ प्रतिशतले वृद्धि भई १६५.९७ अर्ब येन कायम भएको छ । बिक्री ११.९ प्रतिशतले वृद्धि भई १.४९ ट्रिलियन येन कायम भएसँगै सञ्चालन नाफामा पनि वृद्धि भएको हो ।
“क्रमिक अवस्थाको आर्थिक सुधारका बीच हाम्रो यात्रु उडानको व्यवसायमा बिक्री बढेको छ,” एएनएले विज्ञप्तिमार्फत जनाएको छ ।