हुण्डाईले ल्यायो विद्युतीय गाडीमा एक्सचेन्ज अफर

नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले आफ्नो विद्युतीय गाडीहरुमा एक्सचेन्ज अफर ल्याएको छ । हुण्डाईले ‘अपग्रेड योर इलेक्ट्रिक जर्नी विथ आयोनिक फाइभ’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको छ ।
जसमा ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुण्डाइको विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सक्ने कम्पनीले जनाएको छ । यो एक्सचेन्ज अफरमा कोनाको न्युनतम एक्सचेन्ज मूल्यांकन ४० लाख रुपैयाँ कायम गरिएको छ ।
यो एक्सचेन्ज अफरले हुण्डाईका विद्युतीय गाडीहरुप्रति ग्राहकहरुको भरोसा बढ्ने विश्वास लिएको कम्पनीले जनाएको छ । एक्सचेन्ज अफर योजना नेपाल भरिको हुण्डाई सोरुमहरुमा उपलब्ध रहेको कम्पनीले उल्लेख गरेको छ ।