Logo

विकास हाइड्रोको प्रधानमन्त्रीद्वारा शुभारम्भ

गोरखाको उत्तरी भूभागमा पर्ने धार्चे गाउँपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धीत ४.५५ मेघावाटको माथिल्लो माछाखोला जलविद्युत आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार भर्चुअल रुपमा टरबाइन सञ्चालन गरी उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री दाहालले हाइड्रो निर्माणमा सम्लग्न गैरआवासीय नेपाली र स्थानीय लगानीकर्ताको योगदानका लागि विशेष धन्यवाद व्यक्त गर्दै एनआरएनएलाई थप लगानी गर्न आग्रह गरे । १३२ केभिएको ट्रान्समिसन लाइन धार्चे गाउँपालिका माछाखोलामा निर्माणका लागि सरकारले तत्काल काम शुरु गर्ने उनले बताए ।

गोरखा जिल्लाको दुर्गम गाउँमा बनेको विकास हाइड्रोमा गैरआवासीय नेपालीहरूको लगानी रहेको छ । धार्चे गाउँपालिकामा रहेको बुढि गण्डकी नदिको सहायक नदि माछा खोलामा करिब १ अरब लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनामा प्रमोटरको ३५ प्रतिशत लगानी र राष्ट्रिय वाणिज्य बैंकको ६५ प्रतिशत ऋणमार्फत लगानी रहेको छ ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता अनुसार २०८० साल असार ३० गते विद्यूत उत्पादन सम्पन्न गर्ने लक्ष्य रहेपति सो मिति भन्दा ६ महिना अगावै सम्पूर्ण निर्माणकार्य सम्पन्न गरी उत्पादन सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्