सकियो चिनियाँ आर्थिक शताब्दी

चिनियाँ नेताहरू उदीयमान पूर्व र ओरालो लाग्दै गरेको पश्चिमको मान्यताको उनीहरूको नीतिमा टासिँदै आएका थिए । तर, चीन पहिले नै उनीहरूको यो मान्यताबाट गलत भइसकेको छ । चीनको घट्दो जनसांख्यिकी लाभ र आर्थिक सबलताबीचको अन्तर र विस्तारित रणनीतिक महत्वाकांक्षाले एक भू–राजनीतिक जोखिमको अवस्था सिर्जना गरेको छ ।
जनवरीमा चीनले आधिकारिक रूपमै गत वर्ष आफ्नो मुलुकको जनसंख्या घट्न थालेको स्वीकार गरेको थियो । यो भनेको चिनियाँ जनसंख्याविद् र संयुक्त राष्ट्र संघले प्रक्षेपण गरेको समयभन्दा नौ वर्षअगाडि हो । यसका असरहरू अधिक उल्लेख गर्न मुस्किल हुनेछ । यसको अर्थ भनेको सबै अर्थात् चीनको आर्थिक, विदेशी र प्रतिरक्षा नीतिहरू त्रुटिपूर्ण जनसांख्यिकी तथ्यांकमा निर्भर रहन्छ ।
उदाहरणका लागि चिनियाँ सरकारका अर्थशास्त्रीहरूले २०४९ सम्ममा चीनको जीडीपी प्रतिव्यक्ति आय अमेरिकाको आधा वा तीन चौथाइ पुग्ने अनुमान गरेका थिए । जब चीनको समग्र जीडीपी उसको प्रतिद्वन्द्वी अमेरिकाको तुलनामा दोब्बर वा तीन गुणाले वृद्धि भएको थियो । तर, यो अनुमान २०४९ मा चीनको जनसंख्या अमेरिकाको तुलनामा चार गुणा बढी भएमा मात्रै हुने लगाइएको थियो । वास्तविक तथ्यांकले भने फरक खालको अवस्था जनाउँछ । चीनले प्रतिमहिला १.१ जन्मदर स्थिर कायम राख्न सक्नुलाई यो मुलुक भाग्यमानी भएको मान्न सकिन्छ । यो मुलुकको जनसंख्या २०४९ मा अमेरिकाको तुलनामा २.९ गुणा हुनेछ र जनसांख्यिकी र आर्थिक सूचकहरू सबै उक्त समयमा धेरै नै खराब हुने देखिन्छ ।
यो त्रुटिपूर्ण अनुमानले चीनलाई मात्रै असर पार्नेछैन । यसले एउटा नराम्रो भूराजनीतिक असर ल्याउन सक्छ र विश्वव्यापी व्यवस्थालाई नष्ट पार्न सक्छ । चिनियाँ अधिकारी र निकायहरू लामो समयदेखि उदीयमान पूर्व र खस्कँदो पश्चिमको विश्वासमा अडिग रहँदै आएका छन् ।
समान रूपमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि आफूले उदीयमान चीनसँग स्थिर सम्बन्ध राख्न सफल भएको विश्वास लिँदै आएका छन् । उनले खस्कँदो पश्चिमा उनको युक्रेनमाथिको आक्रामकतामा उनलाई रोक्न नसक्ने विश्वासमा छन् । स्रोतसाधनलाई चीनमा केन्द्रित गर्नका लागि अमेरिका अफगानिस्तानबाट फिर्ता भइसकेको छ । अमेरिकाले अनिच्छुक रूपमा पुटिनलाई थप चिढ्याउने छैनन् ।
जनसंख्या बूढो हुँदै गएको अवस्थाले चीनको अर्थतन्त्रलाई स्थायी रूपमै पछि तान्न सक्छ । समग्रमा इटालीको अनुभवले पनि देखाउँछ कि पाका उमेरको निर्भरता अनुपात (६४ भन्दा माथिको उमेरका मानिसलाई १५ देखि ६४ उमेरका मानिसले भाग गर्दा) को जीडीपी वृद्धिमा नकारात्मक सहसम्बन्ध राख्छ । यस्तो भूमिका मध्यम उमेर ६४ भन्दा माथिका मनिसको उमेरको अनुपातले गर्ने गर्छ ।
१९५० मा जापानको मध्यम उमेर २१ थियो भने अमेरिकाको २९ थियो । जोकोहीले पनि अपेक्षा गर्न सक्छ कि जापानले वर्षौंसम्मको तीव्र आर्थिक वृद्धिबाट लाभ लिएको थियो । १९९४ देखि श्रम बलको मुख्य उमेर (१५–५९) ओरालो लाग्न सुरु भएको थियो । जबकि अमेरिकी काम गर्न सक्ने उमेर २०४८ सम्म ओरालो लाग्ने अपेक्षा गरिएको छैन ।
१९९२ देखि जापानको मध्यम उमेर अमेरिकाको तुलनामा ५.५ वर्ष बढी भएको थियो र पाका उमेरका मानिसमाथिको निर्भरताको अनुपात अमेरिकाको भन्दा अधिक हुन थालेको थियो । कुनै आश्चर्यबिना जापानको जीडीपी वृद्धि अमेरिकाको तुलनामा ओरालो लागेको थियो । जापानको जीडीपी प्रतिव्यक्ति आय अमेरिकाको तहबाट १९६० मा १६ प्रतिशत र १९९५ मा १५४ प्रतिशतले वृद्धि भएको थियो । तर, २०२२ देखि उक्त तथ्यांक ४६ प्रतिशतमा ओर्लिएको थियो र भविष्यमा ३५ प्रतिशतभन्दा तल झर्ने सम्भावना छ ।
यसैगरी युवा जनसंख्यालाई हेर्ने हो भने ताइवान र दक्षिण कोरियाले पाँच दशकभन्दा बढीको अवधिमा तीव्र आर्थिक एकीकरण हासिल गरेका थिए । यी मुलुकहरूको जीडीपी प्रतिव्यक्ति आय १९६० मा अमेरिकाको तुलनामा ५ प्रतिशतबाट बढेर ४२ प्रतिशत पुगेको थियो र २०१४ मा ५३ प्रतिशत पुगेको थियो । तर, कार्यबलमा संकुचन आएसँगै दुवैको अर्थतन्त्र पनि स्थिर हुन थालेका थिए । यसले ताइवान र दक्षिण कोरियाको जीडीपी प्रतिव्यक्ति आय अमेरिकाको तुलनामा ३० प्रतिशतले तल झर्ने अवस्थामा पुर्याएको थियो ।
यी सबै अवस्थालाई मध्यनजर गर्दै अब चीनलाई सोचौं । १९८० मा यो मुलुकको मध्यम उमेर २१ वर्ष थियो । यो अमेरिकाको तुलनामा आठ वर्ष कम हो र १९७९ देखि २०११ सम्मको तुलनामा पनि सोही अनुपातको कम हो । यो अवधिमा चीनको जीडीपी वार्षिक औसत १० प्रतिशतका दरले वृद्धि भएको थियो । तर, चीनको श्रम बलको मुख्य उमेर (१५–५९) २०१२ मा संकुचन हुन सुरु भएको थियो र २०१५ देखि जीडीपी वृद्धि २०२२ मा ३ प्रतिशतमा झर्नुपूर्व ७ प्रतिशतमा झर्न सुरु भइसकेको थियो । १९६२ देखि १९९० सम्म औसत प्रतिवर्ष २ करोड ३४ लाखको जन्मले चीनलाई विश्वको कारखाना बनाएको थियो ।
तर, चीनको बढाइचढाइ गरेको आधिकाारिक तथ्यांकले गत वर्ष चीनमा ९५ लाख ६० हजार जन्म भएको देखाएको छ । यसको परिणामस्वरूप चीनको उत्पादन (म्यानुफ्याक्चरिङ) निरन्तर ओरालो लाग्नेछ । यसले अमेरिका र विश्वभरि मुद्रास्फीतिको दबाब सिर्जना गर्न सक्छ ।
१९७५ मा चीनको जनसंख्या भारतको तुलनामा १.५ गुणा मात्रै ठूलो थियो । चिनियाँ सरकारको बडाइचढाइ गरेको आधिकारिक तथ्यांकले पनि उसको जनसंख्या गत वर्ष १.४१७ अर्बको तुलनामा १.४११ अर्थात् सानो देखाएको थियो । वास्तवमै भन्ने हो भने भारतको जनसंख्याले चीनको जनसंख्यालाई १ दशकअगावै उछिनिसकेको थियो र आगामी २०५० सम्ममा भारतको जनसंख्या चीनको तुलनामा १.५ गुणा ठूलो हुने तरखरमा रहेको छ । भारतको मध्यम उमेर ३० वर्षको हुनेछ र यो पूरै पुस्ता चीनको ५७ को तुलनामा युवा हुनेछ ।
२०३० सम्ममा चीनको मध्यम उमेर अमेरिकाको तुलनामा ५.५ वर्ष बढी हुने देखिन्छ र २०३३ देखि पाका उमेरका मानिसको निर्भरता अनुपातले अमेरिकाको भन्दा बढी हुनेछ । उसको जीडीपी वृद्धिदर अमेरिकाको तुलनामा २०३१–३५ सम्ममा कम हुन थाल्नेछ । यो अवस्थामा उसको जीडीपी प्रतिव्यक्ति आय अमेरिकाको तुलनामा मुस्किलले ३० प्रतिशतको हुनेछ । यद्यपि चिनियाँ आधिकारिक अधिकारीहरूले ५० देखि ७५ प्रतिशत हुने अनुमान लगाएका थिए । यदि अमेरिकालाई विश्वकै ठूलो अर्थतन्त्रबाट धकेल्ने हो भने त्यो पनि चीनले नभएर भारतले हुनेछ ।
पाका उमेरका जनसंख्याले अर्थतन्त्रलाई पछि धकेल्न नदिनका लागि चीनले व्यापक रूपमा कृत्रिम बौद्धिकता र रोबोटिकमा लगानी गरिरहेको छ । तर, निरन्तरको आविष्कार पनि युवा दिमागमा निर्भर हुने भएकाले यो पनि हालसम्मका लागि मात्रै सीमित हुने देखिन्छ । योभन्दा पनि रोबोट कामदारले खपत गर्दैन र कुनै पनि अर्थतन्त्रको प्रमुख वाहक भनेको उपभोग हो । चीन ओरालो लाग्ने अवस्था एकाएक नभई क्रमिक हुनेछ । आगामी दशकहरूमा यो विश्वकै दोस्रो वा तेस्रो ठूलो अर्थतन्त्र हुनेछ ।
तर पातलिएको जनसांख्यिकी र आर्थिक सबलता तथा विस्तारित राजनीतिक महत्वाकांक्षाबीचको विशाल खाडलले रणनीतिक गलत मूल्यांकनलाई झनै जर्जर बनाउन सक्छ । विगतको सुखद स्मृति र गुमेको स्तरले चीनलाई पनि रूसले युक्रेनमा आक्रमण गर्दाको अवस्थामा जुन दुर्भाग्य भोगेको थियो सोही अवस्थामा पुर्याउन सक्छ ।
त्यसैले चिनियाँ नेतृत्वले पनि रूसको युक्रेन अतिक्रमणको दुष्परिणामबाट पाठ सिक्नुपर्छ र ‘चाइनिज ड्रिम’ को राष्ट्रिय नवीकरणको अवास्तविक सपनाबाट बिउँझनुपर्छ ।
अमेरिकाले पनि पाठ सिक्नुपर्छ । उसले ओरालो झर्दै गरेको रूसलाई पनि व्यवस्थित गर्न सकेको छैन । अमेरिकाका मित्रहरू क्यानडा, संयुक्त अधिराज्य, अस्ट्रेलिया, न्युजिल्यान्ड, युरोपेली संघ, जापान र दक्षिण कोरिया पनि समाजमा पाका उमेरका मानिसको संख्यामा भएको वृद्धिसँग जुझिरहेका छन् । यी मुलुकहरूको पनि आर्थिक अवस्था गिर्दो अवस्थामा पुगेको छ ।
यी मुलुकहरूको विश्वव्यापी रूपमा संयुक्त अर्थतन्त्र २००२ को ७७ प्रतिशतबाट २०२१ मा ५६ प्रतिशतमा झरिसकेको छ र यो प्रवृत्तिले निरन्तरता पाउने देखिन्छ ।