ट्रम्पको सम्बोधन ‘विनाशको नया“ संकेत’ «

ट्रम्पको सम्बोधन ‘विनाशको नया“ संकेत’

उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ युनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ संकेत’ भनेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्बोधनमा उत्तर कोरियालाई शत्रुका रूपमा बताएको विषयलाई लिएर प्योङयाङको यो भनाइ आएको हो ।
गत साता अमेरिकी ‘स्टेट अफ द युनियन’ मा गरेको सम्बोधनमा राष्ट्रपति ट्रम्पले अमेरिकी सरकारले आफ्नो बस्तीको सुरक्षाको अत्यधिक दबाबसहित उत्तर कोरियाको आणविक मोहविरोधी अभियान चलाएको बताएका थिए ।
“ट्रम्पको अमेरिकी पहिलो भन्ने भावको सम्बोधनबाट विश्वले ‘विनाशको नयाँ संकेत’ देखेको र आणविक हतियारका आधारमा रहेको ‘असन्तुलित शक्ति’ ले विश्वका अन्य मुलुकहरू अमेरिकी चासोका विषयमा झुक्नुपरेको छ,” उत्तर कोरियाको विदेश मामिला मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले बताएको छ ।
विदेश मन्त्रालयका प्रवक्ताले ट्रम्पलाई उत्तर कोरियामाथि समर्पण गर्न क्रूरतापूर्वक ‘अत्यधिक दबाब’ दिएको पनि आरोप लगाएका छन् ।
“यो अन्तर कोरियाली सम्बन्धलाई राम्रो बन्न नदिने लक्ष्यका साथ आएको उद्दण्डता हो,” उनले भने ।
राष्ट्रपतिका रूपमा ट्रम्पले जिम्मेवारी सम्हालेसँगै दुई मुलुकबीच तनाव चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्