ज्योति विकास बैंकको ६.८ प्रतिशत लाभांश प्रस्ताव पारित

ज्योति विकास बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले बैंकको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर तथा ३.८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले ३ प्रतिशत बोनश सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार पुगेको छ । यसैगरी साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणमा छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले बैंकको आ.व. २०७९/०८० को लेखापरीक्षण गर्न लेखा परीक्षक नियुक्ति गर्नुको साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि. को आ.व.२०७८/०७९ को वित्तीय विवरणसहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।